तिलोत्तमा । एकपछि अर्को कार्यमा पहिचान बनाउन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर फर पिस नामक जापानमा रहेको संथाको सदस्यता प्राप्त गरेको छ । स्थानिय तहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ् स्थापित् शान्ति र बिकासका लागि अघि बढेको सो संस्थाको गत भदौ १५ गते सदस्यता प्राप्त गरेको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो ।सो संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् भने नेपालमा ३३ वटा पालिकाले सो सदस्यता लिएका छन् ।
यस्ता शहरहरुमा रहेका पालिकाहरुले उप–राष्ट्रिय कूटनीतिमा बढ्दो महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा शान्तिका लागि मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, र शान्तिको संस्कृतिको लागि काम गरिरहेका छन् । जसमा शान्ति प्रत्येक व्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।नगरसंगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातिको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको नगरप्रमुख खाणले बताउनुभयो ।