बुटवल महिला जेसिजको अधिवेशन सम्पन्न , लक्ष्मी थापाको अध्यक्षतामा नयां कार्यसमिती चयन

प्रकाशित मिति:

बुटवल महिला जेसिजको २२ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । जेसिजको विधान अनुसार १ वर्षको कार्यकालको समाप्तीसंगै अधिवेशन गरिएको हो । उक्त साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रदेश न। ५ का सांसद विमला पन्थीले बुटवल महिला जेसिजको सिंगो टिमको कार्यकाल सफल भएको मा बधाई ज्ञापन गर्दै अबको कार्यकाललाई शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा वहांले महिला जेसिजले महिलाहरु पनि एकजुट भएर लागेमा सफलता हांसिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकामा आफ्नो तर्फबाट महिला जेसिजलाइृ गर्न सक्ने सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा बुटवल महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेलले स्थापनादेखि अहिलेसम्मको यात्रामा आरोह अवरोह पार गरी अघि बढेको महिला जेसिजको संस्थापक भनेर चिनींदा गर्भको महशुस गर्न पाएकामा खुशि व्यक्त गर्दै अब बन्ने कार्यसमितीले पनि जेसिजको गरिमा उंचो राख्ने कार्य गर्दै जाओस् भनी शुभकामना दिनुभयो । कार्यक्रममा जेसिजका हालै निर्वाचित राष्ट्रिय उपाध्यक्ष कमल भण्डारी, बुटवल जेसिजका नवनिर्वाचित अध्यक्ष नरदेव न्यौपाने, बुटवल जुुनियर जेसिजका अध्यक्ष कपिल श्रेष्ठ, महिला जेसिजका पुर्व अध्यक्ष उर्मिला श्रेष्ठ, निर्वतमान अध्यक्ष तथा निर्वाचन आयुक्त रुपा पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।सभामा वर्ष २०१८ का अध्यक्ष राधिका पोख्रेलले वर्ष २०१८ मा अध्यक्ष भईरहंदा देशैभरिका महिला जेसिज शाखामध्ये उत्कृष्ट शाखा बनाउन सहयोग गर्ने कार्यसमितीका सदस्यहरु, पूर्व अध्यक्षहरु, मातृ शाखा, छिमेकी शाखाहरु, महिला जेसिजका सदस्यहरु, उत्कृष्ट शाखाबाट सम्मानित गर्ने नेपाल जेसिज लगायत पत्रकारहरु र शुभेच्छुक सबैमा धन्यवाद ज्ञापन गर्दै आगामी नेतृत्वलाई पनि आफू सहयोगीमा रहेर हरेक कार्यमा साथ दिने र बुटवल महिला जेसिजलाई अझ उत्कृष्ट बनाउन तर्फ लाग्ने बताउनुभयो । आजै सम्पन्न अधिवेशनबाट वर्ष २०१९ का लागि लक्ष्मी थापाको अध्यक्षतामा नयां कार्यसमिती समेत चयन भएको छ । जसको कार्यकारीणी उपाध्यक्षमा धनु श्रेष्ठ र कमला लम्साल गौतम,उपाध्यक्षहरु रञ्जिता शर्मा,राजश्री आत्रेया,रुपा श्रेष्ठ पाठक र सपना कार्की,महासचिब शर्मिला राना,सहसचिब रुपा श्रेष्ठ,कोषाध्यक्ष संगीता ढकाल,सहकोषाध्यक्ष लक्ष्मी घिमिरे,कानुनी सल्लाहकार कल्पना कुशुम पाण्डे,अध्यक्ष सल्लाहकारमा उषा खत्री र अनुपमा श्रेष्ठ लगायत चयन भएको निर्वाचन आयुक्त रुपा पाण्डेले जानकारी दिनुभयो । जेसिजको विधान अनुसार महासचिव, कोषाध्यक्ष, कानूनी सललाहकार साथै अध्यक्ष सललाहकार अध्यक्षले मनोनित गर्ने र अन्य निर्वाचन मण्डलले चुन्ने गर्दछ ।