अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति:

गुल्मी, १४ पुस (रासस) : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकारले छिमेकी मुलुक भारत, चीनलगायत देशसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ । रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको ३६औँ वार्षिक उत्सवमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अहिले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाउँदै लगेको र लगानीका लागि महत्वपूर्ण विकाश साझेदारसँग आग्रह गरिरहेको तथा सकारात्मक प्रतिक्रिया आएको बताउनुभएको छ । समाज रुपान्तरण, राष्ट्र निर्माण जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उहाँले सामुदायिक विद्यालय र नीजि विद्यालयबीचको दूरीलाई कम समान शिक्षा बनाउनेतर्फ सरकार लागेको बताउनुभयो ।

देशलाई जस्तो खालको दक्ष जनशक्ति आवश्यक पर्छ सोहीअनुसारको शिक्षा दिनुपर्ने समय आएको उहाँको भनाइ छ । अहिले पनि ६० हजारभन्दा बढी बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेको र लाखौँ बालबालिका पढाइलाई बिचमै छोड्ने दर बढिरहेकाले त्यस्ता विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

थप समाचार