आगलागीबाट दुई करोडौँको क्षति

१४ पुष २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
32 Shares

File Image

काठमाडौँ, १४ पुस (रासस) : काठमाडाँैको गोकर्णेश्वर नगरपालिका–४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करीब रु दुई करोड बराबरको क्षति भएको छ । कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई आगलागी हुँदा जेनेरेटर, मेसिन, ऊन बनाउने कच्चा पदार्थसमेत जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । यसैगरी काठमाडौँ महानगरपालिका–१३ ताहचल डेरा गरी बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भएका ध्रुव दाहालको कोठामा गएराति आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तनलगायतका सरसामान जलेर करीब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ । यता धारिलो हतियार प्रहार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल पिपलबस्ती बस्ने दोलखाका ३६ वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका बस्ने २८ वर्षीय निर्मल सुनुवारलाई शुक्रबार शेर्पाले चक्कु प्रहार गर्दा घाइते भएका थिए । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…