काठमाडौं, असोज – भेपमार्फत भएको सुन तस्करी प्रकणमा मुछिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि मुद्दा चलाउनु नपर्ने निष्कर्ष नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले निकालेको छ।
यो प्रकणमा सिआईबीले महराका छोरा राहुलसहित तीन जना विरुद्ध भने मुद्दा चलाउन सिफारिस गरेको छ। सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा सिआईबीले राहुलसहित लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट ९भेप० बरामद गरेको थियो ।सीआईबीले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो।