भारतीय रियालिटी शो ईडिन्यन आईडल बिजेता रीट्टो रीवाले बुटवलमा प्रस्तुती दिने

प्रकाशित मिति:

हरिश ढकाल- बुटवल  । भारतीय रियालिटी शो ईडिन्यन आईडल बिजेता प्रसिद्ध कलाकार रिट्टो रिवा आगामी असोज २६ गते शुक्रबार एक सांगितिक कार्यक्रमका लागि बुटवल आउने भएका छन् । बुटवल उपमहानगर वडा नम्बर ९ कालिका पथस्थित प्लान–बि क्लवको आयोजनामा हुने लाईभ कन्सर्टमा आफ्नो प्रस्तुती दिन चर्चित कलाकार ईन्डियन आईडल रीट्टो रीवा बुटवल आउन लागेका हुन । सांगितिक प्रस्तुतीका लागि रीट्टो रीवासहित ८ जना कलाकार आउने प्लान–बि क्लवले जनाएको छ । करिब १ हजार दर्शक क्षमता भएको प्लान–बि क्लवको सभाहलमा आगामी असोज २६ गते शुक्रबार साँझ ८ बजेदेखि राती १ बजेसम्म संचालन हुने सांगितिक कार्यक्रममा ईडिन्यन आईडल बिजेता रिट्टो रिवाले प्रस्तुती दिनेछन् । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित आयोजित एवं ईडिन्यन आईडल बिजेता रिट्टो रिवाले प्रस्तुती दिने कार्यक्रमका लागि आवश्यक तयारी पुरा भएको आयोजक प्लान–बि क्लवका संचालक कमल रानाले बताएका छन् ।खासगरि भारतिय ग्राहकहरुलाई आकर्षित गर्ने र यसक्षेत्रको पर्यटन प्रबद्र्धन गरि आर्थिक बिकासमा टेवा पुराउने उद्देश्यले भारतबाट उच्चस्तरिय कलाकार बोलाईएको संचालक रानाले बताए । संचालक रानाले भने— हाम्रो मुख्य उद्देश्य यसक्षेत्रको ब्यापार ब्यबसायलाई गुल्जार बनाउन पर्यटन प्रबद्र्धनमार्फत आर्थिक बिकास गर्ने हो, मुख्यतयाः धनाढ्य बर्गका भारतिय ग्राहकहरुलाई नेपाल भ्रमणका लागि आकर्षित गरि मनोरन्जन गराउने हो ।

रात्रीकालिन ब्यबसाय भएकोले उच्च सुरक्षा सतर्कता रहेको र सामान्यतयाः अरुबेलामा प्रबेश शुल्क ५ सय रहेको प्लान–बि क्लवमा आगामी शुक्रबारका लागि रु १ हजार र १ हजार ५ सयको टिकटको ब्यबस्था गरिएको क्लवका अध्यक्ष शुरेशकुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने–प्रसिद्ध कलाकार आउने भएकाले सबै प्रकारका सुरक्षा ब्यबस्थाको उचित प्रबन्ध मिलाएका छौं । हाम्रो आफ्नै आन्तरिक प्रयोजनका लागि सुरक्षा दस्ता (बाउन्सर टिम) छ र स्थानिय पालीका, प्रहरी, प्रशासनसँग पनि सहयोगका लागि समन्वय भैरहेको छ ।सात जना स्थानिय युवाहरुको सक्रियतामा करिब १२ करोड रुपैयाँको लगानीमा संचालनमा आएको आधुनिक र सुबिधायुक्त प्लान–बि क्लवले हाल ६१ जना युवालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको क्लवका शेयर सदस्य जिवन काफ्लेले बताए । काफ्लेका अनुसार तिन महिनाअघि गत असार २३ गतेदेखि संचालनमा आएको सो क्लवमा दैनिक ३ हजारसम्म ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष रहेको छ ।दिनभर ब्यापार ब्यबसायमा ब्यस्त हुने र बाहिरबाट भ्रमणका लागि आउने आन्तरिक र बाह्य पर्यटकलाई अन्तराष्ट्रिय स्तरको मनोरन्जन दिने मुल लक्ष रहेको काफ्लेले बताए । उक्त क्लवमा अध्यक्ष श्रेष्ठ, संचालक राना र काफ्लेसहित मुकेश राना, रन्जन शाक्य, तेजबहादुर थापा र शिव थापाको संयुक्त लगानी रहेको छ ।