रोट्रयाक्ट क्लव अफ सैनामैनाद्धारा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

विष्णु खत्री,पौष १४ सैनामैना
बढ्दो ट्राफिक दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले शनिबार रुपन्देहीको सैनामैनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लव अफ सैनामैनाको आयोजना तथा ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाको समन्वयमा सैनामैनाको मुर्गिया चोकमा कार्यक्रम सम्पन्न भएको हो ।
सो क्रममा राजमार्गमा गुडिरहेका सवारी साधनमा ट्राफिक नियमको पालना गरौ भन्दै स्टीकर टाँस्नुका साथै ट्राफिक प्रहरीहरुले सबारी चालकहरुलाई ट्राफिक नियमबारे जानकारी गराएको कार्यक्रम संयोजक प्रज्जवल भुसालले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख केशव बहादुर बस्नेतले सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । साथै उहाँले दुर्घटना न्युनिकरण गर्न चालक स्वयं सचेत र गम्भिर हुनुपर्ने भन्दै सबै पक्षको सहयोगबाट मात्र दुर्घटना न्युनिकरण गर्न सकिने बताउनुभयो ।
सबारी चालकको लापरबाही तथा बढिरहेको सबारी साधनको चापँले दुर्घटना बढेको भन्दै सबारी चालक तथा सह चालकलाई समेत सचेतना प्रदान गरिएको थियो ।
कार्यक्रम रोट्रयाक्ट क्लव अफ सैनामैनाका अध्यक्ष सुरज थापा मगरको अध्यक्षता,ईलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख केशव बहादुर बस्नेतको प्रमुख आतिथ्यता,प्रहरी नायब निरीक्षक कृष्ण खड्का,कमल के.सी,श्यामराज जोशी,शिव चन्द्र सहानी लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
सचेतना कार्यक्रम क्लवका प्रोफेसन्ल सर्भिस डाईरेक्टर राजु पौडेलको स्वागत तथा सचिव विष्णु खत्रीको संचालनमा सम्पन्न भएको हो ।