कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा सम्पन्न

प्रकाशित मिति:

रमेश विश्वकर्मा
गुृल्मी, १४ पौष ।
कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि। रेसुङ्गा नगरपालिका वडा नं। १ तम्घास गुल्मीले आठौं साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । साधारण सभा तथा वनभोज कार्यक्रम रेसुङ्गा नगरपालिकाको वडा नं। ७ साखिने डाँडामा सम्पन्न भएको छ ।
एक बर्ष सम्मको कामकर्तव्य, प्रगति विवरण र बिबिध बिषयको बारेमा कर्मचारी बचत तथा ऋण सहकारी संस्था गुल्मीका सचिब भुवन पाण्डेले बार्षिक प्रतिवेदन पेश गर्नुभएकोे छ । प्रतिवेदनमा कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि। रेसुङ्गा नगरपालिका वडा नं। १, तम्घास गुल्मीले संस्थामा संग्लन सदस्यहरु विच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि नियमित वचत गर्ने बानी प्रवद्र्धन गर्ने उद्देश्य राखेर २०७५ माघ २८ गते स्थापना गरिएको यस संस्थामा अहिले सम्म पुरुष सदस्यहरु १९४ र महिला सदस्य ५५ जना गरि २४९ जना शेयर सदस्य रहेको उल्लेख गरिएको छ । त्यस्तै संस्थाको कार्यसञ्चालनलाई सहजताका लागि संस्थामा विभिन्न समिति गठन गरिएको, संचालक समितिको बैठक १४ पटक, लेखा समितिको बैठक ३ पटक, ऋण उपसमितिको बैठक १२ पटक र शिक्षा उपसमितिको बैठक २ पटक बसेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका सचिव पाण्डेयले प्रतिवेदन मार्फत संस्थाले अवलम्वन गरेका विभिन्न नितिगत तथा व्यवस्थाहरु अनुमोदनका लागि पेश गर्नुभएको थियो ।
त्यस्तै कोषाध्यक्ष चर्तुभुज पन्थीले आर्थिक वर्ष २०७४÷०७५ मा भएको संस्थाको आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७४÷०७५ मा संस्थामा १७ जना निजामती कर्मचारीहरुले सदस्यता लिएको जसमा ८ जना पुरुष र ९ जना महिला सदस्य थप भएको गुल्मीबाट अन्यत्र जिल्लामा सरुवा भई ५ जना शेयर सदस्य बाहिर गएकोले शेयर सदस्यता फिर्ता लिएको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यसम्ममा २४९ जना सदस्यहरुको २४ हजार ३ सय ४० कित्ता शेयर रहेको र जम्मा संस्थाको शेयर पूँजि रु। २४ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा हालसम्म संस्थामा रु १ करोड ५५ लाख २९ हजार १ सय ९५ निक्षेप संकलन, विभिन्न आर्थिक बर्षहरुमा गरेको नाफा संस्थाको विनिमयमा व्यवस्थापन भएबमोजिम विभिन्न कोषहरुमा वितरण गर्दै आएको र हालसम्म संस्थाको जगेडा कोषमा रु। ९० हजार ३ सय ८ अनि अन्य कोषहरुमा रु। २ लाख ८२ हजार २४ मात्र जम्मा भएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा रु। १ करोड २४ लाख ३७ हजार ऋण लगानी गरिएको, रु। ६४ लाख ६५ हजार ऋण असुली गरिएको, संस्थाले ऋण लागानीबाट ब्याज आम्दानी रु। ११ लाख ६५ हजार ४ सय ७० र अन्य आम्दानी गरी जम्मा रु। १७ लाख २२ हजार १ सय ८४ आम्दानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै रु। ९ लाख १६ हजार ७ सय ९० र रु। ७ लाख ३६ हजार २ सय ६९ गरी रु। १६ लाख ५३ हजार ५९ मात्र खर्च भएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७४÷०७५ को अन्त्यसम्म रु। १ करोड ८३ लाख ४५ हजार ९ सय ८४ को सम्पती तथा दायित्व सिर्जना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको नीतिगत व्यवस्था र आगामी कार्यक्रमहरुबारे समेत प्रतिवेदनमा उल्लेख भएको पाईएको छ ।सभामा २०७४ सालको एस।ई।ई। परिक्षामा शेयर सदस्यका छोराछारी मध्येबाट सामुदायिक र संस्थागत विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने एक–एक जना विद्यार्थीलाई सम्मान गरेको थियो । जसमा संस्थागत विद्यालयको तर्फबाट अर्जुन आवासीय मावी तम्घासबाट एस। ई।ई। परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने शेयर सदस्य नं। २७२ का भगवता पाण्डेको सुपुत्री एन्जिला पाण्डे र सामुदायिक विद्यालयको तर्फबाट सिद्धबाबा मावी तम्घासबाट एस। ई।ई। परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने शेयर सदस्य नं। ३२ का झविलाल विकका सुपुत्र प्रविण विकलाई सम्मान गरिएको थियो । संस्थाले साधारण सभाको अवसरमा वनभोज कार्यक्रम पनि आयोजना गरेको संस्थाका शेयर सदस्य तथा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भएको छ । संस्थाले राष्ट्रसेवा,निष्पक्षता,तटस्थता र कर्मचारी एकता लाई सार्थकता तुल्लाउनको लागि आफुहरु लागि परेको शेयर सदस्य लक्ष्मण पाण्डेले बताउनु भएको छ । संस्थाले एकका लागि सबै र सबैका लागि एक भन्ने मूल मन्त्र अगाडी सारेर अघि बढेको कर्मचारी बचत तथा ऋण सहकारी संस्था ले जनाएको छ । आफुहरु अरु संस्था भन्दा फरक रहेको,बनाबट संरचना अलग रहेको,संस्थाका कामकर्तब्यहरु अरुका भन्दा अलिक फरक तथा आबश्यकतामूलक भएको संस्थाका शेयर सदस्यहरुले दाबी गरेका छन् ।

सभाका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमलाल थापाले सहकारी संस्थाले देश समृद्द हुने बताउनु भयो । उनले भनेँ जुनसुकै देश धनी हुने भनेको सहकारी संस्थाको मुख्य देन हो । उनले विपि कोइरालाले लिएको सहकारीले उैनले अहिले महत्तवपूर्ण योगदान खेलेको बताउनु भयो ।
सभाका बिशेष अतिथिसमेत रहेका तथा नेपाली काङ्गेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले संस्थाले पार्टीलाई महत्तवपूर्ण सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो ः सहकारीले पार्टीमा एकता ल्याउन सहयोग गरेको छ । उहाँले आफ्नो विधान लोकतान्त्रिक भएको भन्दै वर्तमान सरकारले सबै निकाय आफ्नो नियन्त्रमा ल्याउन खोजेको बताउनु भयो । उहाँले फेरी केहि कुरा थप्दै सहकारीको लागि आफ्नो पार्टी सक्रिय भएको बताउनु भयो । उहाँले भन्नुभयो ः हामी सहकारीको लागि सडकमा झरेर लड्न तयार छौँ । सभाको समापनमा बोल्दै संस्थाका अध्यक्ष जयश्वर पन्थीले संस्था आज यो ठाउँसम्म पुग्न धेरै आरोह अबरोह खेप्नुपरेको बताउनु भएको छ ।
सभामा जिल्ला सहकारी संस्थाका अध्यक्ष यम बहादुर थापा,नेपाली काँग्रेस गुल्मीका सभापति भूवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, विष्णुकुमारी सापकोटा रेसुङ्गा नगरपालिका भित्रका जनप्रतिनिधि, विभिन्न तहका कर्मचारी, समाजसेवी र पत्रकारको समेत उपस्थित रहेको थियो । सभामा जयश्वर पन्थीको अध्यक्षता तथा संस्थाका शेयर सदस्य तथा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।