कम्युनिष्टहरु कहील्यै लोकतन्त्रवादी हुन सक्दैनन् : बालकृष्ण खांण

प्रकाशित मिति:

वुटवल  । विपी विचार राष्ट्रीय समाज रुपन्देहीको आयोजनामा शनीवार मंगलापुरमा भएको विपीको राष्ट्रीय मेलमिलाप र वर्तमान राजनीतिक सन्र्दभ विषयक विचार गोष्टी कार्यक्रममा नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले विपी दुरदर्शी राष्ट्रवादी नेता भएको कारण आज हामी नेपाली भएर नेपालमा निर्वाध रुपमा वस्ने वातावरण वनेको वताउनु भएको छ । प्रचण्डका पछील्ला अभिव्यक्ती तर्फ संकेत गर्दै उहांले भन्नु भयो नेपाल कम्नीष्ट पार्टी प्रजातान्तीक पार्टी नभएर तानाशाही भएको वताउनु भएको छ । विपी विचार राष्टीय समाजका अध्यक्ष शरद भटराई को अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष तथा समाजका कार्यसमीती सदस्य नारायण न्यौपानेले कार्यक्रमका भहभागीलाई स्वागत गर्नु भएको थीयो भने समाजका सचीव कृष्ण पोखरेलले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापती तथा पुर्व राज्यमन्त्री अव्दुल रज्जाक ,नेका प्रदेश नं ५ संसदीय दलका नेता वलदेव शर्मा पोखरेल ,प्रदेश सांसद रमा अर्याल ,रुपन्देहीका पुर्व सभापती रामचन्द्र ढकाल , कांग्रेस नेताहरु हरी न्यौपाने ,विष्णु पोखरेल ,देविचौधरी ,राम वहादुर कार्की ,क्षेत्र नं २ का क्षेत्रीय सभापती यम व खत्री ,महीला संघकी अध्यक्ष गंगाा शाही तिलोतमा नगर सभापती हरिलाल पाण्डेय लगायतले विपीको विचारका विषयमा वोल्नु भएको थियो । कार्यक्रममा अन्य पार्टी तथा स्वतन्त्र रहेका १०० भन्दा वढीले नेपाली कांग्रेसमा प्रवेश गरेको समाजका सचीव कृष्ण पोखरेलले जानकारी दीनु भएको छ ।