सैनामैनामा आर्थिक ऐन पारित

प्रकाशित मिति:

ललित पाण्डेय

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाले आर्थिक ऐन पारित गरेको छ । शुक्रबार बसेको विशेष नगरसभाले आर्थिक ऐन संसोधन गर्न बनेको विधेक २०७५ सर्वसहमतीमा पारित गरेको हो । उक्त सभामा सालझण्डीको विहिबारे हाटबजारमा वडा कार्यालय बनाउँने निर्णयलाई संसोधन गर्दै बस पार्क बनाउँने निर्णय गरेको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले जानकारी दिनु भयो ।