बुटवल । रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।;उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि असोज २९ गते भोली निर्वाचन हँुदैछ । उम्मेदवारी दर्ता भने असोज २७ गो हिजो भएको हो स्वतन्त्र उद्योगी प्यानलको रुपमा सफल महिला उद्यमी माया खनालको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने भएको हो । पूर्व महिला सचिव समेत रहेकी खनालले द्धितिय उपाध्यक्षमा उम्मेदवारी दिएकी छन । खनाल उद्यागीहरुबीच लोकप्रिय नेतृ हुन ।
त्यस्तै कोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको उम्मेदवारी परेको छ । वर्तमान सह कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनले यसअघि दुई कार्यकाल कार्यसमिति सदस्यको भूमिका निभाएका थिए । ज्ञवाली २०६८ सालमा वस्तुगत समितिको सचिव र २०७० सालमा संयोजकको रुपमा काम गरिसकेका छन । यस्तै सचिवमा कमल ज्ञवाली र सह कोषाध्यक्षमा पे्रम बहादुर आलेको उम्मेदवारी परेको छ ।खुल्ला सदस्यमा नेत्र बहादुर रुचाल , लाल बहादुर थापा, तुल बहादुर सारु,दिल बहादुर राना, मोहन भट्टराई, कृष्णप्रसाद पोखरेल, बल बहादुर गोदार र अशोक कुवँरको उम्मेदवारी परेको छ ।यसैगरी महिला सदस्यमा शारदा पहारी भट्टराई र मिना थापा तुलाधरले उम्मेदवारी दिएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि केही व्यक्तिले आफ्नो स्वार्थका लागि संस्था कब्जा गर्ने हेतुले अर्को प्यानल खडा गरेको स्वतन्त्र उद्योगी प्यानल समूहको जिकिर रहेको छ ।