पशुपतिनाथलाई दर्शन गर्दै हेर्नुहोस् २०७५ पौष १५–२१ गतेसम्मको राशिफल !

प्रकाशित मिति:

मेष राशिः मेष राशिका लागि यो साता मंगलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । कार्यमा सफलता मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र उन्नतिकारक रहनेछ । धार्मिक कार्यमा मन जानेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । मंगल र बुधबार भने खर्च बढ्नुका साथै कार्यमा कठिनाइ रहने देखिन्छ ।

वृष राशिः वृष राशिका लागि साता सफल रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । कार्य लाभका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । घर परिवारमा सुख रहनेछ । व्यापार व्यवसायबाट उन्नति हुने देखिन्छ । विद्याको क्षेत्र बलवान् रहनेछ । बिहीबारबाट भने कार्यमा अस्थिरता आउने देखिन्छ । स्वास्थ्यमा पनि समस्या देखिन सक्छ । दुर्गा भगवतीको उपासना शुभ रहने देखिन्छ ।

मिथुन राशिः मिथुन राशिका लागि साता उन्नतिकारक रहनेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । मित्र सहयोगले उल्लेख्य कार्य सम्पन्न हुनेछ । नयाँ कार्य गर्ने उत्साह मनमा छाउँनेछ । मानोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।

कर्कट राशिः कर्कट राशिका लागि साता लाभदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा अस्थिरता रहनेछ । मंगलबारबाट भने कार्यमा उन्नति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । बोलीको विशेष प्रभाव पर्नेछ । नयाँ कार्य अवसर प्राप्त हुनेछ । टाढिएका व्यक्ति नजिक आउनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

सिंह राशिः सिंह राशिका लागि साता कार्यदायी रहनेछ । कार्य गर्ने सुखद् अवसर प्राप्त हुनेछन् । व्यवसाय वृद्धिदायी रहनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मंगल र बुधबार भने खर्चमा वृद्धि हुन सक्ने देखिन्छ । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित हुने देखिन्छ ।

कन्या राशिः कन्या राशिका लागि साता सुखद् रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । धनको क्षेत्र सबल रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कला साहित्य र मनोरञ्जनका क्षेत्रमा विशेष संलग्नता रहनेछ । बिहीबारबाट कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुन सक्ने देखिन्छ । यो साता गणेशजीको उपासना शुभ रहनेछ ।

तुला राशिः तुला राशिका लागि साता सुखद् रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छ । कार्यमा सफलता मिल्नेछ । पारिवारिक साथ सहयोगले साता सुन्दर रहनेछ । कला साहित्यका क्षेत्रमा विशेष अभिरुचि रहने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । नयाँ कार्य गर्ने अवसर पनि मिल्नेछन् । भौतिक वस्तु लाभदायी रहने देखिन्छ । सन्तान सुख मिल्नेछ । सज्जनको संगतले साता सफल रहने देखिन्छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि साता मिश्रित लाभदायी रहनेछ । सोमबारसम्म खर्चमा वृद्धिका साथै सवास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । मंगलबारबाट समय राम्रो बन्दै जानेछ । व्यवसायमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै आय अर्जनमा पनि वृद्धि हुने देखिन्छ ।

धनु राशिः धनु राशिका लागि साता सुखद् रहनेछ । कृषि कर्ममा विशेष रुचि जाग्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कार्य गर्ने उत्साह मनमा छाउनेछ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । मंगलबार र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

मकर राशिः मकर राशिका लागि यो साता लाभदायी रहनेछ । सोचका काम बन्नेछन् । अध्ययनमा रुचि जाग्नेछ । प्रेम जीवन सुखद् रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक उन्नतिको योग देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । पारिवारिक साथसहयोग प्राप्त हुनेछ । शत्रु पराजित हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ ।

कुम्भ राशिः कुम्भ रािशका लागि साता सुखद् रहनेछ । कार्यमा उन्नति हुनेछ । व्यवसायमा वृद्धिका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । मित्र सहयोगले साता सफल बन्नेछ । व्यापारमा वृद्धि हुनुका साथै नयाँ काम मिल्ने योग पनि देखिन्छ । कर्म क्षेत्र बलवान् रहेकोछ । आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । शत्रु पराजित हुने छन् ।

मीन राशिः राशिका लागि साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा व्यवधानका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । शत्रु पक्ष सबल रहनेछन् । मंगलबारबाट कार्यमा उन्नति हुँदै जानेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभको योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नु्का साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन मध्यम रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कुलदेवताको स्मरण शुभफलदायी रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५