आरके शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिले प्रधानमन्त्री प्रचण्डलाई भेट्यो

प्रकाशित मिति:

काठमाडौँ । गैरआवासीय नेपाल संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष राजकुमार शर्मा (आरके) नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले शर्मा नेतृत्वको एनआरएनए कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका आवश्यक भएको भन्दै त्यसका लागि सरकार सहजीकरणको लागि तयार रहेको बताए । एनआरएनए अभियान एकताबद्ध भएर अगाडि बढ्छ भन्नेमा म विश्वस्त छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘देश विकासका मुद्दामा सरकार सदैव गैरआवासीय नेपालीसँग सहकार्य गर्न तयार छ ।’