चिसापानी अस्पतालमा सर्पदंसको उपचार सेवा

४ श्रावण २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
1 Shares


गणेश प्रसाद न्यौपाने
नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीमा रहेको चिसापानी सामुदायीक अस्पतालले सर्पदंसको उपचार सेवा सुरु गरेको छ ।
पछिल्लो समय सर्पदंसका विरामीहरु बढीरहेका बेला अस्पतालले उपचार सेवा सुरु गरेकोमा स्थानियहरु हर्सित भएका छन् । सेवा सुरु गरेको १५ दिनमा ७ जना सर्पदंशका विरामीले सेवा लिएको अस्पतालकी डाक्टर मन्जिीला घिमिरेले जानकारी दिइन । यस क्षेत्रमा सर्पदंसको उपचार सुविधा नहुदा समयमै अस्पताल पुराउन नसकेका कारण ज्यानै गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको समयमा चिसापानी अस्पतालमा सर्पदंसको उपचार सेवा सुरु भएपछि तत्काल उपचार गर्न सहज हुने भएको छ । अस्पतालमा आएका सर्पदंसका सामान्य विरामीहरुलाई त्यहि नै उपचार गरिदै आईएको छ भने जटिल खालका विरामहरुका लागि जोखिम न्युनिकरण गरी लुम्विनी अञ्चल अस्पताल बुटवलमा पठाउने गरेका डाक्टर घिमिरेले जानकारी बताइन । सर्पदंसको कारण हुने मृत्युदर कम गर्नका लागि चिसापानी अस्पतालमा सुरु गरिएको सर्पदंसको उपचार सेवा प्रभावकारी हुने अपेक्षा रखिएको अस्पतालका अध्यक्ष कुल प्रसाद आचार्यले बताए । आचार्यका अनुसार स्थानियको आवस्यकतालाई महसुस गरी अस्पतालले सर्पदंशको उपचार सेवाको सुरुवात गरेको हो ।
बर्दघाट सूस्ता पश्चिम नवलपरासीमा सर्पदंसको उपचारका लागि त्रिवेणीमा रहेको नेपाली सेनाको क्याम्प र परासीका रहेको पृथ्वी चन्द्र अस्पतालमा उपचार सुविधा रहदै आएकोमा हाल चिसापानी अस्पतालमा पनि यो सेवा थप गरिएको हो । यो सेवासंगै चिसापनी अस्पतालमा कुकुरको टोकाई बाट लाग्ने रेविज रोग विरुद्धको एन्टि रेविज भ्याक्सीन सेवा समेत सुरु भएको छ । सेवा बाट बर्दघाट नगरपालिका, सरावल गाउपालिका र प्रतापपुर गाउपालिकाका र आसपासका नागरिकहरु लाभान्वित हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया