एमाले रुपन्देहीको चियापान स्थगीत

प्रकाशित मिति:

बुटवल । नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा आज शनिबारका लागि आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगीत गरेको छ । जाजरकोटलाई केन्द्र बनाइ गएराति गएको भुकम्पले ठूलो धनजनको क्षति गरेपछि एमाले रुपन्देहीइले पुर्व निर्धारित चियापान कार्यक्रम स्थगीत गरेको हो ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ती जारी गर्दै शोकको यस घडीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगीत गरिएको जानकारी दिए । विज्ञप्तीमा भुकम्पमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै विज्ञप्तीमा भुकम्पमा परेर घाइते भएकाहरुको प्रभावकारी उद्धार र राहतका लागि सरकारको गंभीर ध्यानाकर्षण गराइएको छ ।