पुतलीबजार नगरपालिकाद्वारा भुकम्पपीडितलाई सहयोग

प्रकाशित मिति:

स्याङ्जा- स्याङ्जाको पुतलीबजार नगरपालिकाले देशमा भएको भुकम्पको प्रकोपमा पीडित भएका पश्चिम नेपालका नागरिकको पीडामा सहयोग गरेको छ ।

भुकम्प पीडितहरुको उद्धार, राहात र पुनर्स्थापनाका लागि पुतलीबजार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले गरी रु ३ लाख ४५ हजार ३ सय ४० रुपियाँ भुकम्प पीडितहरुका लागि खडा गरिएको नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा जम्मा गरेको प्रमुख तुलसीराम रेग्मीले बताए । उक्त रकम नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब र जनप्रतिनिधिहरुको ५ दिन बराबरको सेवा सुविधा गरी उक्त रकम जम्मा गरिएको हो ।