विपन्न परिवारलाइ घर बनाइदिदै चापाकोट नगरपालिका

प्रकाशित मिति:

गोपीकृष्ण रेग्मी-स्याङ्जाको चापाकोट नगरपालिका ले गरिवविपन्न परिवारको लागि ५ वटा घर बनाइदिने भएको छ । नगर प्रमुख देव बहादुर खाण (इस्वर) ले गरिवविपन्न नागरिकको सुखदुःखमा सेवा गर्ने उदेश्य बोकेर आफू नगर प्रमुख भएको र चिनावमा बाचा गरे अनुसार घर निर्माण गरिदिन लागेको भनाइ व्यक्त गर्नुभयो । मानवताको सेवा पहिलो प्राथमिकता ठानेर यो वर्ष ५ परिवारको लागि आवास निर्माण गर्ने तयारी गरेको बताउनुभयो ।नागरिकको सुखदुःखमा साथ दिनु नगरपालिकाको कर्तव्य ठानेर घर बनाइदिने तयारी गरेको उहाँको भनाइ थियो ।चापाकोट नगरपालिकाले यस वर्ष वडा न .७ का सीता दर्जी वडा न ४ का रोमन विक र केश बहादुर दमै वडा न.१० का माया भट्टराई र दिवस विकको घर बनाइदिने भएको हो ।