रक्त सञ्चार केन्द्र बुटवलमा भएको कार्यक्रममा ५५ जनाले गरे रक्तदान

प्रकाशित मिति:

बुटवल । ब्राहमण समाज रुपन्देहीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी घाइते भएकाको उपचारमा रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान गरेको छ । रक्त सञ्चार केन्द्र बुटवलमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए । सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा ब्राह्मण समाज रुपन्देहीले पहिलोपटक गरेको कार्यक्रममा जिल्ला र विभिन्न पालिका समितिका पदाधिकारी, सदस्य र शुभेच्छुकहरु गरी ५५ जनाले रक्तदान गरेका समाजका अध्यक्ष टोपलाल भुसालले बताए ।

समाजका उपाध्यक्ष गोविन्दप्रसाद पाण्डेयले भूकम्प प्रभावितका लागि राहत संकलन गर्ने तयारी समेत भएको बताए ।सो अवसरमा ब्राहमण समाजकी केन्द्रीय परिषद सदस्य पार्वती भण्डारी,जिल्ला कोषाध्यक्ष गोबिन्दप्रसाद बस्याल लगायतले बोल्दै समाजले पहिलोपटक गरेको रक्तदान कार्यक्रम सोंचे भन्दा राम्रो भएको भन्दै आगामी दिनमा थप सामाजिक कामहरु गर्न जिल्ला समितिलाई सुझाव दिए ।