मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिम समापन

प्रकाशित मिति:

कञ्चन-जगी लाल थापा- रुपन्देहीको कञ्चन गाउपालिकाले् मेलमिलापकर्ताका लागि ८ दिने ४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभुत तालिम प्रदान गरेको छ। कार्तिक १६ गते देखि संचालन भएको उक्त तालिमको आज कञ्चन गाउपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मौसमी थापा मगरले समपान गर्नु भएको हो।तालिमको समापन गर्दै उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक थापा मगरले तालिममा सिकेका न्यायिक सिपहरुलाई ब्यबहारमा लागु गर्ने हिम्मत नगरेसम्म तालिमको उपयोगिता नरहने बताउनु भयो। बिभिन्न जातजाती र समुदाय तथा परिबेसमा रहेका हरेक मेलमिलापकर्ताहरुले समाजमा हुने बिभिन्न समस्याहरुको समुदायमै समाधान गर्ने र छिमेक छिमेक बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्धेश्यका साथ स्थानीय तहमा न्यायिक समितिको परिकल्पना गरिएको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यसैगरी वडा नं। ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले मेलमिलापकर्ताहरुले तालिम लिएर समुदायमा पुग्नासाथ बिभिन्न ब्यक्ति, दल, जनप्रतिनीधि लगायतको दवाव आउन शुरु गर्ने अनुभव बताउनु भयो। मेलमिलापकर्ताले आफुलाई उत्पिडित समुदाय र नागरिकको साक्षात भगवानको रुपमा स्थापित हुने प्रण गर्नु पर्ने वडा अध्यक्ष पौडेलले बताउनु भयो। यसैगरी वडा नं। ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले मेलृमिलापकर्ता भनेको हरेक कुराले विपन्न नागरिकहरुको नजिकको वकिल भएको उल्लेख गर्नु भयो। वकिलले जसरी अदालतमा आफुलाई नयिक तराजुको रुपमा उभ्याउछन त्यसरी नै स्थानीय तहमा रहेका मेलमिलापकर्ताहरुको भुमिका निर्वाह गर्नु पर्ने वडा अध्यक्ष सापकोटाले उल्लेख गर्नु भयो।

यसैगरी तालिमका प्रमुख प्रशिक्षक तथा कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र सेलर्ड काठमाण्डौका निर्देशक राममणी गौतमले अदालतमै हाकाहाकी न्यायको किनबेच हुने भएकोले अन्यायमा परेका विपन्न, गरिब तथा सिमान्तकृतहरुले कहिल्यै न्याय नपाइरहेको स्मरण गराउनु भयो। विपन्न, गरिब तथा सिमान्तकृतहरुले सहजै रुपमा आफ्नै समुदायबाट नै सरल रसहज रुपमा न्याय पाउन सकुन भन्ने उद्धेश्यका साथ स्थानीय तहमा मेलमिलाप केन्द्रको परिकल्पना गरिएको प्रमुख प्रशिक्षक गौतमले बताउनु भयो,यस्तै प्रशिक्षार्थीहरुको तर्फबाट चुडामणी पौडेलले तालिमको शुरुको दिनहरुमा आफ्नो सहभागितालाई लज्जाबोध गरेको भएपनि तालिमको चौथो दिनमा आइपुग्दा जिवनामृत लिइरहेको र समुदायमा अन्याय र उत्पिडनमा परेकाहरुका लागि न्यायको ढोका उघार्ने गन्तव्यतर्फ लागिरहेको महसुस गरेको बताउनु भयो। पालिकाले लाखौं रुपैया खर्च गरेर प्रदान गरेको जिवनोपयोगी तालिमको सहि समयमा निष्पक्षताको तराजु बनेर उभिनु पर्नेमा प्रशिक्षार्थी पौडेलले जोड दिनु भयो।

समापन कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट प्रशिक्षार्थी उजेली विश्वकर्माले पनि मेलमिलाप सम्बन्धी आधारभुत तालिममा सहभागी नहुँदासम्म आफुले नजानेको केही छैन र हरेक सवलमा प्रतिवाद गर्ने तागत आफुसंग छ भन्ने लागेको थियो तर न्यायिक सम्बन्धी ८ दिने तालिमले आफु भित्र भएको ज्ञान अधुरो रहेको महसुस भएको अनुभव ब्यक्त गर्नु भयो। ४२ जना प्रशिक्षार्थीहरुले सहभागिता रहेको तालिमको समापन कार्यक्रमको अध्यक्षता उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मौसमी थापा मगरले गर्नु भएको थियो भने संचालन प्रशासन प्रमुख गिरीराज अर्यालले गर्नु भएको थियो। भएको थियो भने संचालन प्रशासन प्रमुख गिरीराज अर्यालले गर्नु भएको थियो। कञ्चन गाउपालिको आयोजना तथा कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र ९सेलर्ड० काठमाण्डौको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुलाई तालिममा सहभागिताको प्रमाणपत्र प्रदान समेत गरिएको थियो।