नवनियुक्त चिनिया राजदुद काठमाडौ आईपुगीन्

प्रकाशित मिति:

काठमाडौं– नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छी काठमाडौं आइपुगेकी छिन्। शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी राजदूत यान्छीलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए। यसअघि नेपालमा यू होङ चिनियाँ राजदूत थिइन। अमेरिकाले अलाइना बी टेप्लिज महिलालाई राजदूत पठाएपछि चीनले होङ महिलालाई पठाएको थियो। होङलाई फिर्ता बोलाउँदै चीनले फेरि महिला राजदूतका रुपमा यान्छीलाई पठाएको छ।

अहिले अमेरिकी राजदूतमा र्‍यान्डी बेरी छन्। नवनियुक्त चिनियाँ राजदूत यान्छीलाई पाकिस्तानले सम्मान समेत गरेको थियो। बेइजिङकी पाकिस्तान विशेषज्ञ उनलाई चीन र पाकिस्तानको सम्बन्ध मजबुद पार्न योगदान गरेको भन्दै पाकिस्तान सरकारले पुरस्कृत गरेको थियो। उनी पाकिस्तानमा पढेकी समेत थिइन। राजदूत यान्छी नेपाल मामिलामा पनि विज्ञ मानिन्छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि उनले औपचारिक रुपमा काम थाल्नेछिन्।