रुपन्देही, मंसिर १७ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा ३२ औं विश्व अपाङ्गता दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम भएको छ । अपाङ्गता भएका विद्यार्थीहरुका अभिभावक, शिक्षक तथा विद्यार्थीहरु बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । विद्यालयका समाहित शिक्षा संयोजक शिक्षक सीता गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयले सबै प्रकारका बालबालिकाहरुलाई शिक्षाको उज्यालो दिने काममा लागिरहेको र आगामी दिनमा विद्यार्थीहरुलाई अझ सहज वातावरणमा सिकाई उपलब्धि हासिल गर्न मद्धत गर्ने प्रतिवद्दता जनाउनुभयो ।
आषिश ढकालको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक रामप्रसाद पौडेल, शारदा घिमिरे, अटिजम रुपन्देहीकी मोनिका घिमिरे, वायुन रुपन्देहीका सन्तोष न्यौपाने लगायतले आआफ्नो विचार राख्नु भएको थियो ।
कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि, सिकाई उपलब्धि तथा विद्यालयले गरेका विविध कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यस्तै अटिजम र अन्य शारीरिक अपाङ्गताका विषयमा समेत जानकारी गराइएको थियो ।