अस्ट्रेलियनको लोकप्रिय खेलौना यस्ता रहेका छन्

प्रकाशित मिति:

एजेन्सी \ अस्ट्रेलियनहरू सेक्सटोयज किन्न हिचकिचाउँदैनन् भन्ने कुरा विभिन्न सर्वेक्षणले देखाएका छन् । अस्ट्रेलियनहरू सेक्सटोयजलाई ग्याजेटकै रूपमा लिन्छन् र उनीहरू नयाँ र कुन मोडलमा सेक्सटोयज बजारमा आउँदैछ भनेर अपडेट भैरहेका हुन्छन् । इन्टरनेटमा मासिक २० लाख व्यक्तिले सेक्सटोयजको पछिल्लो मोडलका बारेमा सर्च गरेको देखिएको छ ।

वयष्कहरूलाई लक्षित गरेर सञ्चालनमा रहेको एक वेबसाइटले वर्ष– २०१८ को अन्त्य पारेर अस्ट्रेलियनहरूमा कुन सेक्सटोयज सर्वाधिक रुचाइयो भन्ने कुरा सार्वजनिक गरेको छ, जसमा रेन्डी र्‍याबिट–२ अग्रस्थानमा छ । अन्तर्राष्ट्रिय बजारमा करिब २५ हजार रुपैयाँ पर्ने यो सेक्सटोयज यो वर्ष वयष्क अस्ट्रेलियनबीच सर्वाधिक प्रिय थियो । दोस्रो लोकप्रिय सेक्सटोयजमा स्याटिसफ्रे प्रो–२ रह्यो, जसको स्थानीय बजार मूल्य ६ हजार रुपैयाँ छ भने तेस्रो लोकप्रिय बी भाइब टचको मूल्य साढे ९ हजार रुपैयाँ छ ।