दिगो पर्यटन क्लब निर्माणसँगै वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा १ शंकरनगर स्थित एपेक्स स्कुलमा आज (मंगलबार) दिगो पर्यटन क्लब निर्माणसँगै वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, यु.एन.डि.पी. नेपाल तथा टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्युटद्वारा संयुक्त रुपमा विद्यालयमा कार्यक्रम आयोजना भएको थियो । पर्यटन विकाशसम्बन्धी वक्तृत्वकला प्रतियोगिता पश्चात् ११ सदस्यीय “एपेक्स नेशनल सस्टेनएबल टुरिजम क्लब”को गठन भएको हो । विद्यालयका ९ कक्षाका विद्यार्थी निकेश जवालीको अध्यक्षतामा क्लब गठन भएको गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक क्बलका संरक्षक र अतिरिक्त क्रियाकलाप संयोजक क्लबको संयोजक रहने गरी क्लबले पर्यटन विकाशका सम्बन्धमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने छ ।

त्यसअघि, “लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना” शीर्षकमा अन्तरविद्यालय वक्तृत्वकला भएको थियो । प्रतियोगितामा अंकिता घिमिरे पहिलो, आकृति सापकोटा दोश्रो र शुभेच्छा भण्डारी तेश्रो हुनुभएको थियो । प्रभात के.सी., गणेश ज्ञवाली र कमला क्षेत्रीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण गैह्रेको अध्यक्षतामा भएको क्लब गठन एवम् वक्तृत्वकला कार्यक्रममा टुरिजम रिसर्च एण्ड ट्रेनिंग इन्स्टिच्युटका अध्यक्ष मदनकुमार बरालको प्रमुख आतिथ्य र विद्यालयका प्रधानाध्यापक दिपक गौतमको विशिष्ट आतिथ्य रहेको थियो।