खुलापनको फाइदा : ४० समलिंगी जोडीको विहे सम्पन्न

प्रकाशित मिति:

एजेन्सी \ ब्राजिलमा समलिंगी विवाहप्रति सरकारको कडा नीति थियो कुनै वेला तर पछिल्लो निर्वाचनले उदारवादी विचारधाराका जाइर बोल्सोनारोलाई राष्ट्रपतिमा चयन गरेपछि समलिंगीहरू पनि खुला हुन थालेको त्यहांका सन्चार माध्यहरुले जनाएका छन् । उदारवादी राष्ट्रपति पाएपछि हालै ब्राजिलको साओपाउलोमा ४० जोडी समलिंगीले आधिकारिक रूपमा विवाह सम्पन्न गरे । उदारवादी राष्ट्रपति आउनुअघि सरकारले समलिंगी विवाहप्रति कस्तो किसिमको नीति लिने हो भन्ने विषयमा दोधारमा रहेका कारण सयौं जोडी समलिंगी आफ्नो विवाहलाई लिएर अन्योलमा थिए ।तर अहीले नयां निती संगै उनीहरुलाई सहज भएको छ  अब ४० जोडीले विवाह सम्पन्न गरेपछि भने अरू समलिंगीका लागि पनि विवाहको ढोका खुला भएको जनाईएको छ ।