अखिल क्रान्तिकारीद्वारा बर्दघाट नगरपालिकाको परिसरमा नारा बाजी

प्रकाशित मिति:
मसिर २७ गते
नवलपरासी ।   मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बुधबार बर्दघाट नगरपालिका घेराउ गरेको छ । बर्दघाट नगरपालिकाले खरिद गरि सामुदायिक विद्यालयमा पठाएको सेनेटरी प्याड गुणस्तर युक्त नभएको भन्दै आवज उठिरहदा नगर गुणस्तर युक्त छन भन्दै तर्क पेस गरिरहेको थियो । नगरले नै गुणस्तर युक्त छ भनेको सेनेटरी प्याडमा गुणस्तर नभएको आवज उठेपछि नगरले केहि विद्यालयमा पठाएको सेनेटरी प्याड फिर्ता गरेको छ ।

प्याड फिर्ता भए पछि प्याडको खरिदमा भष्ट्राचार भएको भन्दै अखिल क्रान्तिकारीले तत्काल छानबिन गरि सत्यतथ्य पत्ता लगाउनु पर्ने माग गरेको छ ।  ‘सेनेटरी प्याड खरिदमा संलग्न भ्रष्टाचारीलाई कारवाही गर’  ‘शैक्षिक माफिया हरु होसियार’ जस्ता नाराबाजी गर्दै क्रान्तिकारी बिद्यार्थीहरुले नगरपालिका परिसर घेराउ गरेका हुन ।


      घेराउ पछि आयोजित कोण सभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य एवं  लुम्बिनी प्रदेश संयोजक नबीन खड्काले गुणस्तरहिन सेनेटरी प्याड खरिद गरेर नगरले छात्राहरु माथी अपराध गरेको बताउनु भयो । उहाले शैक्षिक माफियाको इशारामा नगरपालिका चलेको भन्दै अब क्रान्तिकारी विद्यार्थीहरु चुप लागेर नबस्ने बताउनु भयो ।   अखिल (क्रान्तिकारी)ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ ।

अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदिय व्यवस्था मुुर्दावाद’ ‘ सेनेटरी प्याडमा गरिएको भष्ट्राचार मुर्दावाद’ जस्ता नाराहरु लेख्ने क्रममा  सोमबार खडका सहित   केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश  सह–संयोजक इन्दु वलि र केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक मनोज थापालाई प्रहरीले गिरफ्तार गरेको थियो ।  गिरफ्तार भएका नेताहरुको  रिहाई लगतै अखिल क्रान्तिकारीले  प्रतिरोधस्वरुप  बिरोध कार्यक्रम गरेको हो ।


अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं  नवलपरासीका संयोजक सन्देश सापकोटाले नगरपालिकालाई गुणस्तरहिन सेनेटरि प्याडको विषयमा पटक पटक  जानकारी गराएको र संगठनले  विभिन्न माग राखेर  ध्यानाकर्षण गराउदै आएको बताउदै मागहरु सुनुवाइ नभएकोले नगर घेराउ गरिएको जानकारी  दिनुुभयो ।