प्रकाश न्यौपाने
पौष ४ गते
पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा नया माध्यमका साथ सुरु गरेको छ । नगरले पछिल्लो समय पर्यटकीय क्षेत्रको गित नै बनाएर प्रचार प्रसार गरेको हो ।
बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको बुद्ध मंगल तालको प्रचारमा नगरले गायककार बिन खातीलाई गित लेखन र गायन गराउदै छायांकन समेत सोही स्थलमा गराएर प्रचार गरिएको हो । बुद्धमङ्गल तालको पर्यटकीय प्रवर्द्धनका लागि निर्माण गरिएको गीत आज एक कार्यक्रमका बिच स्थानीयहरुको उपस्तिथितिमा सार्वजनिक गरिएको छ ।
भगवान गौतम बुद्धले परापुर्वकालमा यस तालमा आई पानी खाएको र बसोबास गरेको ईतिहास रहेकाले नगरपालिकाले यसको बिकास,प्रवर्द्धन र प्रचार प्रसारमा जुटेको हो । सङ्गितका माध्यम बाट प्रचार प्रसार गर्ने हेतुले लोक गित निर्माण गरिएको नगरप्रुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । बौद्धकालिन एतिहासिक सम्पदालाई बौद्ध सर्किट सग जोड्ने गरि सरोकारवाला र सम्बन्धित निकायसग छलफल र प्रयास भैरहेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।”नगरभित्र रहेका बनदेवी मन्दिर,सिमसार,सन्सारकोट जस्ता धार्मिक पर्यटकिय स्थलको बिकासका लागि नगरले संघ र प्रदेस सरकार सग बजेट माग गरिएको छ”श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख रुद्रप्रकास उपाध्यायले सेवामुलक क्षेत्रमा स्वास्थ्य र शिक्षा त्यसैगरी कृषी र पर्यटनलाई समेत प्राथमिकतामा राखेर सोही अनुरुपका योजना तयार गरिएको उल्लेख गर्नु भयो ।बौद्धकालिन ईतिहास र किम्बदन्तीका हिसाबले पनि यो क्षेत्र पर्यटकिय स्थलको गन्तव्यको रुपमा रहन सक्ने बताउदै यसको बिकासमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमा शंकर चौधरी,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपती घनश्याम परिश्रमी लगायतले बोल्दै बुद्धमङ्गल तालको पुरातात्त्विक महत्व झल्किने र आम नागरिकलाई यसका बारेमा जागरुक र जानकारी गराईनु पर्नेमा जोड दिनुभयो ।बर्दघाट नगरपालिकाले ताल सरसफाईका लागि अघिल्लो आर्थिक बर्षमा रु २५ लाख बिनियोजन गरेको थियो भने चालु आर्थिक बर्षमा तालको सुरक्षाका निम्ति कम्पान्ड वालका लागि रु ३५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।भने तालमा आउने पर्यटकका लागि बोटिङको ब्यवस्थापन समेत गरेको छ ।
बुद्धमङगल ताल सम्बन्धि निर्माण गरिएको उक्त गितमा गायिका राधिका हमाल र बिन खातिको स्वर रहेको छ भने शब्द संकलन समेत बिन खातिकै रहेको छ ।आज बेलुका नै गित सामाजिक संजाल र युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जनाईएको छ ।