प्रदेश नामाकरण गर्दा पहीचान सहीतको गर्न आदिवासी जनजातीहरुको माग

प्रकाशित मिति:

नेपाल आदिवासी जनजाती महासंघ प्रदेश ५ को आयोजनामा बुुटवलमा गरीएको २ दिने अन्तकृया कार्यक्रममा पहीचानलाई प्रथमीकतामा राखेर प्रदेशको नामाकरण गर्नका लागी सरोकारवालाहरुले जोडदार माग गरेको छन। अन्तकृयालाई सम्बोधन गर्दे नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष जगत बरामले आदिवासीको बाहुुल्यता रहेको ५ न प्रदेशको नाम मगरात थरुहट अबध राख्न अपरीहार्य रहेको बताउनुुभयो। यो प्रदेशमा अधीकाश मगर समुुदाय र थारुको बाहुुलयता रहेको र यसका आधारमा नामांकरण गरीए मात्र न्यायोचीत हुुने भन्दै संसदमा रहेका आदीवासी सांसदले बिधीसंगत आफ्ना माग सदनमा राख्न र सडकबाट सिगो आदीवासीले आवाज उठाउनआग्रह गर्नुुभयो। ऐतीहासीक थातथलो, भुुगोल र संस्कृतीलाई समेत मधयेनजर गर्न आग्रह गर्दे पहिचानलाई प्रथमीकतामा राखेर नामांकन नगरीए कडा आन्दोलन गर्ने समेत उद्धघोस गर्नुुभयो। कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष तथा नेपाल आदीवासी जनजाती महांसघका प्रबक्ता तथा ५ न प्रदेशका ईन्चार्ज नबिन रोका मगरले बिगतका नेपलमा भएका सबै परीबर्तनमा आदिवासीले त्याग र बलीदान गरेपनी अवशरबाट बन्चीत गराईएको प्रती असन्तुुष्टी ब्यक्त गर्नुुभयो देश बिकाशका लागी सबै समुुदाय र बर्गको समान अधीकार र बिकाश हुुदा मात्र देश सम्बृद्ध हुुने भएकाले आदीवासीलाई पाखा लगाएर बिकाश कोरा सपना मात्र हुुने भन्दै आनदोलन सुुजबजका साथमा सडक र संसदको तालमेल हुुनुुपर्नेमा जोड दिनुुभयो बिगतमा जस्तो अबका दिनमा आन्दोलन सम्झौतामा नटुुंगीने भन्दै दरीलो भएर अगाडी बढ्न सबैलाई आग्रह गर्नुुभयो। आफुुले आफ्ना पहीचान खोज्दा अरुको अस्तित्वलाई समेत ख्याल गर्दे अधीकारमुुखी आन्दोलनमा सबैको साथको अपेक्षा आदीवासीले गरेको र आदिवासीले कानुुन सम्मत आफ्ना मागहरु उठाएपनी सरकार उदासीन रहेको आरोप लगाउनुुभयो। कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्यहरु तुुलाराम घर्ती मगर,गौरी थारु,धनकली चौधरी,पुुस्पा थरुनी,रमा घर्ती मगर,र कबीराम थारुले पहीचान सहीतको नामांकनका लागी प्रदेश सभामा आफ्ना माग राख्ने र पहीचान सुुनीस्चीत गर्न आफुुहरु लाग्ने बताएका थिए।कार्यक्रममा प्रदेश ५ का आदीवासी जनजाती महासंघका १२ वटै जिल्लाका अध्यक्ष तथा एकल जातीय संगठनका अध्यक्षहरुले समेत आनदोलन कडा हुुनुुपर्ने भनदै नेतृत्वलाई दबाब दिएका थिए।यही साउन ४र ५ गते दुुईदिन सम्म चल्ने अन्तकृयामा साउन ५ गो भोली मगरात थरुहट प्रदेश नामाकरण सहीत पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रहरु सार्बजनीक गर्ने संयोजक दिपक गुुरुङ्गले जानकारी दिनुुभयो।
दृष्य एफ टिपीमा छ।