राजा महात्मा पूर्णभद्र मा.वि.को स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा, उद्दघाटनमा मन्त्री शर्मा आउने

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पुष १२ नवलपरासी


नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.–९, पन्चनगरमा रहेको श्री राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको समुद्घाटनको प्रमुख अतिथिको रुपमा नेपाल सरकारको प्रवक्ता एव सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मालाई निमन्त्रणा गरिएको र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका जनप्रतिनिधिहरु विभिन्न फरक–फरक दिनको प्रमुख अतिथिको रुपमा रहने स्वर्ण महोत्सव मुल समिति संयोजक बिक्रम खनालले जानकारी दिनुभयो ।



बिबिध कार्यक्रम सहित पौष १५ गते देखि २१ गते सम्म स्वर्ण जयन्ती मनाइने स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको छ ।
संविधान सभा सदस्य बिक्रम खनालको संयोजकत्वमा गठन भएको ५९ सदस्यीय मुल समारोह समिति र २६ वटा उप–समितिले भव्यताका साथ स्वर्ण जयन्ति मनाउने भन्दै तिव्र तयारी गरिरहेका छन् ।


पत्रकार सम्मेलनमा मुल समारोह संयोजक खनालले स्मारक निमार्ण अन्तिम चरणमा पुगी सिङ्मर्मरमा नाम लेख्ने काम भइरेहेको, मन्च व्यवस्थापन तथा बिजुली बत्तिको व्यवस्थापन भइरहेको, विद्यालयमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन भईरहेको जानकारी दिनुभयो ।



त्यस्तै सांगितिक पिटीको तयारी पुरा भएको, स्वर्ण जयन्ती महोत्सवका लागि दाताहरुसँग सहयोग संकलन भईरहेको, सम्मान पत्र, प्रशंसा पत्र, बु्रसर निमन्त्रणा पत्र छपाई गरी वितरण कार्य भइरहेको, प्रमाणपत्र छपाईको क्रममा रहेको, स्मारिका लेखन अन्तिम चरणमा पुगेको, खाजा महोत्सव तयारी अन्तिम चरणमा तयारी भइरहेको जनाइएको छ ।


कलश यात्राको तयारी भईरहेको, साँस्कृतिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुले २५ समूह बनाई तयारी भइरहेको, केन्द्रीय कलाकारहरुको निमन्त्रणा भई उनीहरु कार्यक्रममा आउने सुनिश्चत भइसकेको तथा स्थानिय संस्कृति झल्किने गरी विभिन्न साँस्कृतिक कार्यक्रमको तयारी भइरहेको खनालले बताउनुभयो ।
स्वर्ण जयन्ति सञ्चालनको लागि ५० लाख रुपैयाँ संकलन हुने र हालसम्म ४१ लाख बढी संकलन भईसकेको खनालले बताउनुभयो ।



स्वर्ण जयन्तिको पहिलो दिन १५ गते प्रभातफेरी, समुद्घाटन, स्मारक लोकार्पण, पिटी, सुभकामना मन्तव्य, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।


दोस्रो दिन १६ गते जिल्ला स्तरीय वक्तृत्वकला, खेलकुद, पुर्व शिक्षक सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।


तेस्रो दिन १७ गते संस्थापक, पुर्व वि.व्य.स., पुर्व शि.अ.स, पुर्व विभिन्न उप–समिति सम्मान, नगरपालिका स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
चौथो दिन १८ गते साँस्कृति कार्यक्रम, चन्दादाता, दानदाता सम्मान तथा सुभकामना जलपान, खाना महोत्सव, रक्तदान कार्यक्रम र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
त्यस्तै पाचौँ दिन १९ गते पुर्व विद्यार्थी पुर्नमिलन, सम्मान तथा सुभकामना, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।


छैठौँ दिन २० गते जिल्ल स्तरिय भलिबल प्रतियोगिता फाइनल, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ । त्यस्तै कार्यक्रमको सातौँ दिन २१ गते दिप प्रज्वलन, स्मारिका विमोचन, साँस्कृतिक कार्यक्रम, सम्मान, पि.टी. खाना महोत्सव, जलपान तथा समापन र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको विद्यालयका प्राचार्य पुस्पराज अधिकारीले जानकारी दिनु भयो ।