न्यु लाइफ कप अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

पौष १५ गते

बर्दघाट । न्यु लाइफ माध्यमिक विद्यालय बर्दघाट ०४ को आयोजना गरेको न्यु लाइफ कप अन्तराष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आज सम्पन्न भएको छ ।


शनिवार देखि शुरु भएको प्रतियोगितामा अल इन्डिया तेक्वान्दो डोजाङको सह–आयोजक र राष्ट्रिय तेक्वान्दो संघको सहयोगमा प्रतियोगिता सम्पान्न भएको हो । प्रतियोगितामा नवलपरासी प्रथम,भारत द्धितीय र रुपन्देही तृतीय भएको आयोजकले जानकारी गराएको छ ।


प्रतियोगितामा २ सय ५० जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिको सहभागिता रहेको न्युलाईफ माबिका प्रन्सीपल सन्तोष अधिकारीले जानकारी दिनु भयको छ । प्रतियोगितामा नेपालको कन्चनपुर, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, गुल्मी, नवलपरासी पुर्व, काठमाडौं, चितवन, काभ्रे लगायतका जिल्लाबाट खेलाडिहरुले सहभागीता भएका थिए ।


त्यस्तै भारतको दिल्ली, गुणगाउँ, हरियाणा, गाँजियाबाद, उत्तर प्रदेश लगायतका स्थानहरुबाट प्रतियोगितामा भागलिन खेलाडिहरुआएको खेल संयोजक विजय कुमारले जानकारी दिनुभएको छ ।



प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बर्दघाट नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न् गरीएको थियो । पुरस्कार वितरणका क्रममा ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारी, विद्यालयका सस्थापक सदस्य एब प्रबन्धक निर्देशक डि.बि.अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।