“देश निर्माणमा शैक्षिक जनशक्तिको महत्वपूर्ण भुमिका छ” – मुख्य मन्त्री चौधरी 

प्रकाशित मिति:

प्रकाश न्यौपाने

पौष २१ गते
नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्राबिधिक जनशक्ति उत्पादन गर्नु पर्ने बताउनु भयो । नेपालले अहिले नेपालमा प्राविधिक युक्त दक्ष जनशक्तिको अभाव रहेको बताउदै उहाले प्राबिधिक जनशक्ति उत्पादन गर्न जोड दिनु पर्ने बताउनु भएको छ ।


बर्दघाटमा रहेको राजा महात्मा पुर्णभद्र माबीको स्वर्ण महोत्सवको समापन समारोहमा सम्बोधन गर्दै मुख्य मन्त्री चौधरीले देश निर्माणमा शैक्षिक जनशक्तिकोको महत्वपुर्ण भुमिका हुने उल्लेख गर्दै प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भयो । शनिबार बिद्यार्थीको शिक्षाले नै देशको भोलिको भविष्य निर्क्यौल गर्ने भन्दै उहाँले सिपमुलक ब्यवहारिक शिक्षा पद्धति अंगाल्नु परेमा जोड दिनु भयो । प्राविधिक शिक्षा मार्फत रोजगारी वृद्धि गर्ने उदेश्य सहित प्रदेश अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।


फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री चौधरीले  अबको प्रतिस्पर्धा राजनीतिमा नभै बिकासमा हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । “अब सातवटै प्रदेशका मुख्यमन्त्री बिच कस्ले बढी बिकास गर्छ,को पहिला जनताको आगनमा पुग्न सक्छ भन्ने प्रतिष्पर्धा रहनु पर्ने बताउनु भयो । “देशमै युवालाई महिनाको ३०/४० हजार कमाउने कसरी बनाउन सकिन्छ युवालाई देशमै रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने चिन्तनका साथ दुईलाख जनशक्तिलाई रोजगारी दिने योजना अनुरुप काम अघि बढेको चौधरीले उल्लेख गर्नु भयो ।”प्राविधिक शिक्षालाई जोड दिनुस योजना ल्याउनुस प्रदेश सरकारले के गर्नु पर्छ हामी प्रतिबद्ध छौ “उहाँले भन्नू भयो ।मुख्यमन्त्री चौधरीले तल्लो तहमा बिकास नभै पुर्ण रुपमा देश बिकसित हुन नसक्ने भन ग्रामिण स्तरमा बिकासको गति बढाउनु पर्नेमा जोड दिनु भयो ।


संघियताको बिषयमा समेत बोल्दै मुख्यमन्त्री चौधरीले जनतामा संघियताको मर्म नभुझ्दा निराशा छाएको उल्लेख गर्दै संविधानलाई पुर्ण कार्यान्वन गरी आवस्यक नीति निर्माणमा जोड दिनु पर्ने बताउनु भयो ।


स्वर्ण महोत्सवको  सातौं दिन आज स्वर्ण महोत्सव आयोजनामा गठन गरिएको मुल आयोजक समिति, विभिन्न  उपसमिति विद्यार्थिहरुलाई सम्मान गर्दै प्रदेश सभा सदस्य बिश्वप्रेम पाठक, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,  स्वर्ण महोत्सव मुल समारोह समितीका सयोजक बिक्रम खनाल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले टीका, कदर पत्र र खादाले प्रसशा पत्र प्रदान गर्नु भएको छ ।


स्वर्ण महोत्सव  मुल आयोजक समितिका सयोजक बिक्रम खनालले सबैले साथ र सहयोगले कार्यक्रमको गरिमा बढाएको बताउनु भयो । स्वर्ण जयन्तीको अवसरमा राखिएका हरेक कार्यक्रमहरुमा स्थानीय अभिभावक र विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको बताउनु भयो ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले भौतिक सरचना बनेर सकिएको बताउदै अब शैक्षिक सुधारमा लाग्ने बताउनु भयो । स्वर्ण महोत्सव सकिएपछि विद्यालयको गुणस्तर सुधारमा लाग्ने चापागाईंको भनाइ छ ।


कार्यक्रममा  राष्ट्रिय कलाकारहरु पुस्कल शर्मा र शर्मिला अर्यालले र बिद्यालयका छात्र छात्राले गित संगीतको प्रस्तुति रहेको थियो  । पौष १५ गते देखी एक हप्तासम्म विभिन्न कार्यक्रम गर्दै शनिबार २१ गते समापन गरिएको छ ।