लायन्स क्लब अफ बुटवल तिनाउद्धारा डिजिटल डिस्प्ले बोर्डको शुभारम्भ

प्रकाशित मिति:

लायन्स क्लब अफ बुटवल तिनाउद्धारा लायन्स क्लबका जन्मदाता मेल्भिन जोन्सको १४५औं जन्मदिनको समापनको अवसरमा बुटवल-११, होराईजनचोकमा एक कार्यक्रमका बिच डिजिटल डिस्प्ले बोर्डको शुभारम्भ गरिएको छ । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजना Techzone Traders को सहयोगमा सम्पन्न भएको कार्यक्रमका संयोजकत्व लायन अनन्त न्यौपानेले गर्नुभएको थियोे । बुटवलका मुख्य-मुख्य चोकमा राखिएका १७ वटा डिजिटल बोर्डमा नेपाल सरकार एवम् स्थानीय सरकारद्धारा जारी गरिएको सार्वजनिक सुचना, जानकारीमुलक सन्देश, मिति तथा तापक्रमको जानकारी २४सै घण्टा देखिने व्यवस्था मिलाईएको छ । करिब १७ लाख लागत लाग्ने अनुमान गरिएको यस कार्यमा बुटवल उपमहानगरपालिका, स्थानीय जनप्रतिनिधी, टोल विकास समिति तथा स्थानीयहरुबिच आवश्यक समन्वयको काम सम्पन्न भईसकेको छ ।
डिष्ट्रिक डिपार्टमेन्ट मेम्बर तथा क्लबका चार्टर प्रेसिडेण्ट लायन चिरञ्जिवी अधिकारी ज्यूको स्वागत मन्तव्य सहित सुरु भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिष्ट्रिक गर्भनर PMJF लायन अर्जुनमान सैंजुले नयाँ प्रविधिलाई सामाजिक कार्यमा प्रस्तुत गरेको यो कार्य लायन्सको क्षेत्रमा उदाहरणिय भएको बताउनुभएको छ । सामाजिक कार्यलाई फरक तरिका र दिगोपनाका लागि कसरी गर्न सकिन्छ भन्ने कुरामा लायन्स क्लब अफ बुटवल तिनाउ कटिबद्ध भएर लागेकोमा सम्पूणर् सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमका कार्यक्रमहरु अरु लायन्स क्लबले पनि अबलम्वन गर्न उत्प्रेरणा प्रदान गर्नुभएको थियो । लायन नारायण बस्यालको संचालन र क्लबका अध्यक्ष लायन अरुण खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि 1st Vice District Governor PMJF लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग अतिथि LCIF Co-Ordinator MJF लायन सन्दिप कसौधन, Area Secretary लायन डा. शान्ता शर्मा, Region Chairperson लायन विमला शर्मा, Zone Chairperson लायन वेदप्रसाद गैरेले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
यसैगरि मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रमको बारेमा क्लबका अध्यक्ष लायन अरुण खनालले क्लबद्धारा विभिन्न स्थानमा ८ ओटा कार्यक्रम सम्पन्न गरिएको बताउदै पौष २१ गतेबाट संचालित साताव्यापी कार्यक्रमहरुमा निलकण्ठ बाबाधाम दिपनगरमा स्विटर वितरण, रामापिथेकस पार्क, गोलपार्कमा सरसफाई कार्यक्रम, नविन औद्योगिक कदर बहादुर रीता मा.वि. देविनगरमा डस्टिविन वितरण, बुटवल-११ बुद्धनगरमा निःशुल्क सुगर परिक्षण, नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा सरसफाई सामाग्री वितरण, जनता आधारभुत विद्यालय, देवदहमा विद्यार्थीहरुलाई जुत्ता तथा मोजा वितरण, वैदिक अपाङ्ग सेवा केन्द्र, सैनामैनामा सेनेटरी प्याड वितरण तथा बुटवल उपमहानगरपालिकाका विभिन्न १७ स्थानमा डिजिटल डिस्प्ले बोर्ड प्रदान गरिएको जानकारी गराउनुभयो । यस उत्सवलाई सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूणर्र् संघसंस्था, संयोजक, सहयोगदाता, क्लब सदस्य तथा सम्पूणर् उपस्थित महानुभावलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
यसै कार्यक्रमका बिच राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । यस अवसरमा नेपाल एकीकरणका प्रतिमुर्ति पृथ्वीनारायण शाहको स्मरण गर्दै उहाँले पुर्‍याउनुभएको योगदानको चर्चा गरिएको थियो ।