रौतहट मौलापुर नगरको समृद्ध जीवन र प्रभु शाह
हामिले बिस्वका मजदुर एक हौ भन्न सिक्यौ तर देशभैत्रैका विभिन्न भुगोलका भाषाभाषी नेपाली मातृभुमिका सन्तान हौ भनेर आत्मसात गर्न सकेनौ।
कान्ति राजपथको सम्मो उबडखाबड निर्माणधिन सडक छिचोल्दै ३ बजे काठमाडौंबाट हिडेका हामी हेटौंडा -अमलेखगञ्ज -तामागढी – हर्नैया हुँदै मिसन मौलापुर पुग्यौ लगभग ७ घन्टा लगाएर , गाउँमा गासबासको उचित प्रबन्ध नहोला भनेर फोन गर्दा सिधै मौलापुर आउने कुरा भयो , उधम अभियन्ता काबिल नारायण पाण्डे , सञ्चार उधमी धर्मेन्द्र सापकोटा र म सहितको टिम सोध्दै जादा गाउँको बीचमा एउटा ५ तलाको भब्य सम्रचना देखा पर्यो त्यो नमुना नै रहेछ बुझ्दा ३० करोड लगानीको बहुउद्देश्यीय भवन रहेछ । त्यहा पुगेपछि हामिलाइ मौलापुर होटेलमा लगियो जहाँ बस्ने ब्यबस्था मिलाइएको रहेछ त्यो ठाँउको लागि त्यो तहको होटेल मान्नुपर्छ , वरिपरि ताल , माछा रिसोर्ट ।
अर्को दिन सप्ताहब्यापी आइ टि आर्मिको कार्यक्रम थियो , आइ टि सम्बन्धि ज्ञान ,अनुशासन , उधमशिलता र देशका चुनौती र उत्तरदायित्व सम्बन्धि कक्षा रहेछन , एक हजारको तयारी गरेकोमा आयोजकको प्रचारप्रसार र प्रभु शाहको प्रमुख आतिथ्यता भनेर ४ हजार ४५ सय युवा गाउँ गाउँबाट झोला बोकेर आइपुगेका थिए , लाग्छ त्यत्रा युवा सायद केही सिक्ने हुटहुटिले उपस्थित थिए हामी त्यो कार्यक्रम छाडि बिरगंजको पोखरियाको सभामा पुग्यौ ।
लगभग २ हजारको उपस्थिति रहेको त्यो सभामा कति छोटो मिठो कार्यक्रम भयो उल्लेखनीय छ , थाहा भयो प्रभु शाह त्यो छेत्रमा जननायक नै रहेछन , मौलापुरको बिकास अनुभव सुन्न लालियत भिड !
त्यसपछि एउटा ग्रामीण गाउँ बस्तिमा गाडी हुइकियो र टक्क एउटा पुरानो बङला अगाडि रोकियो जहाँ गाउले भलाद्मी र युवाहरूको उपस्थिति थियो , फ़ेरि प्रभु शाहको चर्चा , परिचय छलफलमा देशको बर्तमान अवस्था र समाधानका उपाय बारे चर्चा भए , मुलुकमा ठुलो बलिदान पछि लोकतन्त्र र गणतन्त्र आएपनी जनताको जिवनस्तरमा समुचित परिवर्तन नआउदा जनता निरास र किङ्कर्तब्यबिमुढ अवस्थामा रहेको , सरकारमा सामेल पार्टीको गठबन्धन भ्रस्टाचारमा डुबेका कुराले पार्टी सिस्टमनै धरापमा पर्दै गएको आभास भयो।
अर्को दिन हामी नगर घुम्न निस्कियौ , पहिला हजारौं बर्ष पुरानो महादेव मन्दिर पुग्यौ , जिर्ण र धरासायी मन्दिर संग्रहालय सहित बनाउने नेतृत्व प्रभु शाहकै रहेछ , आधुनिक बसपार्क , ५ हजारको हास फार्म , माछा फार्म र केरा खेतिको छोटो अवलोकन गर्यौ । सरकारी स्कुल भवन ब्यबस्थापन , एकीकृत दलित बस्ती जहाँ सबै खुशी देखिन्थे , चौडा बाटो , नाली , सौचालय सहितका पक्की घर देख्दा राम्रै शिल्पकार र ठेकेदारको छनोट स्पष्ट हुन्छ । ठाँउ ठाँउमा सडक खोलिएको छ , नगरबासी सो ठाँउ छाडि बाहिर जादैनन र गएका पनि फर्किएर आएको जानकारी आयो , औसधपचार , मालपोत , बिजुलि , पानी र सिफारिस निशुल्क गरेछ नगरपालिकाले नगर प्रमुख रिना साह पनि लोकप्रिय नै रहिछन ।त्यति मात्रै होइन एउटि चेलिको बिहे हुदा ३० हजार अनुदान पनि रहेछ , चोक चोकमा लाइट , सिसिटिभी , बृक्षरोपण पनि ठाँउ र मौसम अनुसारको , हामी छक्क पर्यौ , साच्चिकै बजेट सहि ठाँउमा ठिक तरिकाले प्रयोग भए ठाँउले काचुली फेर्ने रहेछ , देशमा दुरदर्शि र बिकासप्रेमी नेता भए जनता सुखि हुने रहेछन भन्ने उदाहरण संदेश मौलापुरले दियो।
२७ हजार ग्यास चुल्हो र सिलिन्डर बितरण १४ हजार साइकल बितरण गरेका प्रभु शाह स्कुले विद्यार्थीको चुल्हो देखि भबिस्य निर्माण सम्म पुगेका छन , बिना बजेट र मुहावजा ३०० किमि सडक खनेका छन , अझै बजेट र समय पाए के गर्दैन्थे भन्ने झल्किन्छ ।देख्न लेख्न विधि नपुगे पनि यात्रा छोट्याएर फर्किदा संविधान सभा सदस्य तिलक थापाज्युका कार्यानुभव सुन्दै आयौ।
लाग्छ प्रभु शाह माओवादी हुँदै नेकपा हुँदै स्वतन्त्रबाट चुनाव जितेर आएका साम्सद र नयाँ पार्टी आम जनता पार्टीका अध्यक्ष होउन तर उनको लगातार जित नै बिकासको कारण रहेछ भन्न कर लाग्छ , मौलापुरको बिकास देशब्यापी हुन जरुरी छ ।
– सागर पाण्डेय
काठमाडौं