कमल चौधरी कपिलबस्तु, १ माघ ।
पश्चिम तराईका थारु गाउँमा माघको रौनक सुरु भएको छ । विभिन्न ठाउँ–ठाउँमा माघ महोत्सव तथा मेला आयोजनाको तयारी भइरहेको छ भने, कतिपय स्थानहरुमा मनाईरहेका छन् । नयाँ बर्षका रुपमा मनाइने माघलाई थारु युवाले संस्कृतिक संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मनाएको देखिन्छ ।
थारु जातिको आफ्नो पहिचान बोकेको महान् पर्व माघलाई स्थान विशेष अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी, खिचरा, खिचरी मेला आयोजना गरी देशव्यापी रुपमा मनाउँद अहिले थारु समुदायमा माघको छुट्टै रौनक छएको छ ।
माघ पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकाल देखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा, स्वतन्त्रताको रुपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा मघौटा गीत गाउँदै झुमरा, झर्रा लगायत विभिन्न नाचहरू नाच्ने गरिन्छ ।
अस्तित्व र पहिचानको पर्व माघ
सोझा, इमान्दार, सांस्कृतिक रुपमा विशिष्ट पहिचान भएका थारु समुदायको माघ पर्वको छुट्टै अस्तित्व र पहिचान रहेको छ । मानव सभ्यताको सुरुवाती संगै विभिन्न किसिमले थारु समुदायको समाजिक तथा संस्कृतिक पर्वहरुको अस्तित्वमा आएको पाईन्छ ।
हुन त वि.स. २०५९ सालमा सरकारले माघको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णय सँगै थारु समुदायको माघी पर्वको व्यापक रुपमा प्रचार–प्रसार भएको देखिन्छ । त्यही बर्ष देखि नै काठमाडौंमा माघी महोत्सवको सुरुवाट र पछि केन्द्र, जिल्ला, क्षेत्र गाउँ–गाउँमा माघी महोत्वस मनाउँन लागेको थारु अगुवाहरु बताउँछन् ।
वर्तमान समयमा केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा स्तरका माघी महोत्सवहरु हुन थालेको पाईन्छ । जसले गर्दा आजभोली थारु गाउँबस्ती नै गुन्जमान भएको छ । युवा पुस्ताहरु थारु संस्कृति संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले एक जुट भएको देखिन्छ ।
समाजिक सद्भावको पर्व माघ
मेलमिलाप र समाजिक सद्भावको पर्व हो माघ । माघ पर्वमा आफूभन्दा ठूलालाई ढोगभेट गरेर माघका लागि बनाइएका परिकार खाने प्रचलन रहिआएको छ । थारु जातिले माघ पर्वलाई मेलमिलाप पर्वको रुपमालिने गर्दछन् । झैँ–झगडा वा विवाद भएर बोलचाल बन्द भएकाहरु समेत माघ पर्वमा एक आपसमा साइनो अनुसार ढोगभेट गरेर एकै साथ बसेर एक अर्काे घरमा पाकेका परिकार खाएर रमाईलो गर्ने प्रचलन रहेको छ । त्यसैले माघ पर्व समाजिक सद्भाव र खुसीयालीको पर्वको रुपमा लिने गरिन्छ ।नयाँ बर्षको रुपमा माघ
थारुहरूले माघ १ गतेदेखि नयाँ वर्ष थालनी भएको मान्दछन् । त्यसैले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गते देखि नयाँ करोबारको थालनी गर्ने चलन रहेको छ । त्यसैगरी सामूहिक काम काजको सम्बन्धमा छलफल गरी छिनोफानो लगाइन्छ । गाउँभरीका व्यक्तिहरू भेला भइ गाउँको नेतृत्वकर्ता वरघर (भलभन्सा÷महँताँवा) चयन गरिन्छ । त्यस पश्चात् चौकीदार, गुरुवा, केसौका, छनौट पनिगर्ने गरिन्छ ।
माघ पर्वको सुरुवात
माघी पुस महिनाको अन्तिम दिन देखि सुरु हुन्छ । गाउँ घरमा माघ महिना सुरु भएदेखि नै थारु गाउँबस्तीमा चहलपहल हुनुको साथै “सखीहो माघे मे पिलि गुरी–गुरी जाँड…. ” जस्त गीतहरु गुञ्जिन सुरु हुँन्छन् ।
विशेषगरी माघ १ गतेको दिन जब बिहानभाले बासे संगै साना ठूला सबै नदीमा नुहाउन जाने गरिन्छ । कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मे पछि मरीहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थलवा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने धर्मिक अस्था पनि रहिआएको छ । नदीमा नुहाउन गाउँभरीका केटाकेटी, युवा तथा बृद्ध सबै संगै जाने र नुहाई सकेपछि तिलको आगो ताप्ने गरिन्छ । नुहाइ घरमा फर्के पछि सबै जना चामलको टिका लगाउने गरिन्छ र “निश्राउ” निकालिन्छ ।
चामल छुदा सुपामा चामल, नुन, उरुदको दाल राखिएको हुन्छ यिनै चामल, नुनलाई अर्को छुटै भाँडाहरूमा पाँच–पाँच अञ्जुली झिकेर राखिन्छ यसै प्रक्रियालाई “निश्राउ” भनिन्छ । यो निश्राउ जति झिकेर राखेको छ त्यसैमा केही थापेर दिदीबहिनीलाई “निश्राउ” दिन जाने गरिन्छ ।
कपिलबस्तुमा माघ महोत्सव
कपिलस्तु जिल्ला थारु बहुल्यता भएको जिल्ला हो । वि.स. २०७८ को तथ्यांक हेर्ने हो भने यस जिल्लामा ६ लाख ८२ हजार ९ सय ६१ कुल जनसंख्या रहेको छ । यो कुल जनसंख्या( ७५ हजार १ सय १९) को १०.९ प्रतिशत थारु समुदायको रहेको पाईन्छ ।
त्यसैले त थारु बहुल्यता वडा तथा नगरमा विभिन्न महोत्सवहरुको अयोजना गरी आजभोली माघ महोत्सव मनाउने नयाँ संस्कृतिको विकास भएको पाईन्छ । यस बर्ष कपिलबस्तुमा ३ स्थानमा माघ महोत्सवको अयोजनाको तयारी भइरहेको छ । नयाँ बर्षको रुपमा मनाइने माघलाई युवाले संस्कृति संरक्षणका रुपमा मनाउन थालेका हुन् ।
पछिल्लो समय युवाहरुलाई संस्कृतितर्फ आकार्षित गर्न कपिलबस्तुका विभिन्न नगरपालिका तथा वडा स्तरमा माघ मनाउन लागेको थारु कल्यणकारिणी सभाका कपिलबस्तु जिल्ला अध्यक्ष पवन चौधरीले बताउँनुभयो ।
उहाँले भन्नुभयो–“माघ महोत्सवमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका र उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरुलाई सम्मान गर्ने योजना तय गरेका छौं ।” त्यस्तै, जिल्लाको बाणगंगा नगरपालिकामा शिवरात्री मेला स्थाल हथौसमा माघ २, ३ र ४ गते नगर स्तरिय माघी महोत्सवको आयोजना गरिएको छ ।
त्यस्तै बुद्धभुमी नगरपालिकामा पुस २९ गते देखी माघ १ गते सम्म मेलाको तयारी भैरहेको छ । भने, शिवराज नगरपालिका वडा नं १ उमरी स्थित थारु संग्रहालय उदघाटन तथा तिसरा माघी खिचडी महोत्सव माघ १ देखि ३ गते बताउँनुभयो ।
आधुनिकता संगै फेरिएको माघ पर्व
आधुनिकता संगै थारु समुदायको माघ पर्वमा पनि परिवर्तन आएको पाईन्छ । पहिले पहिले गाउँघरमा धुमधाम रुपमा मनाईने यस पर्व आजभोली विभिन्न मेला महोत्सव गरी मनाउने संस्कृतिको विकास हुँदै गएको छ । हुन त यस माघ पर्वलाई केवल थारु जातिमा मात्र सीमित नराखी अब अन्य जाति सँग सहकार्य गरी व्यापक रूपमा मनाउन जरुरी छ ।
यस्ता चार्ड पर्वहरू थारुमा मात्र सीमित राख्नु निश्चय पनि सान्दर्भिक र न्यायपूर्ण हुन सक्दैन । हुन त थारु बहुल्यता भएको प्रदेशहरुमा माघ पर्वकोे अवसरमा माघ १ र २ गतेलाई दुई दिन सर्वजानिक विदा दिएको छ । पक्कै पनि थारु समुदायको महान पर्व माघ पर्वलाई संरक्षण र प्रर्वद्धनका लागि प्रदेश सरकार बाट दिएको सर्वजानिक विदा स्वागत् योग्य छ । तर यति मात्रले थारु संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन सक्दैन थारु भाषा संस्कृतिको संरक्षण र प्रवद्धन गर्नको लागि सरकारी तहबाट स्पस्ट नीति हुनु जरुरी देखिन्छ । राज्यले नै थारु समुदायको यस किसिमको पर्वलाई सम्बोधन गर्न सक्नुपर्छ ताकी लोप हुने संघरमा यी यस्ता पर्वहरुले थारु संस्कार तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन ठुलो मद्दत पुग्ने छ ।