सबलपोष्ट – बुटवल । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज बोर्डिङ स्कुलको २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा खेल सप्ताहको प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेले उद्घाटन गरे । सो अवसरमा बोल्दै पाण्डेले खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने बताए । उनले शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने बताए । विद्यालयका प्राचार्य तोयाराम पौडेलले ज्ञानपुञ्जले विद्यार्थीको लागि पाठ्यक्रमको शैक्षिक ज्ञानसंगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई उत्तिकै प्राथमिकता दिएर हरेक वर्ष खेल सप्ताह गर्दै आएको बताए । उद्घाटनका दिन बेलुन रेस, स्वीट रेस र स्पोन रेस खेलहरु सम्पन्न भएको छ । पहिलो चरणमा माघ ३ देखि ७ गतेसम्म प्री प्राइमरी अर्थात् मन्टेश्वरी देखि कक्षा ६ सम्मका विद्यार्थीहरुले बोटल गेम, निडल गेम, अनलक्की सेभेन, म्याथ रेस, थ्रो बल, कबदडी , १ सय र २ सय मीटरसम्मको रेसलगायतका कार्यक्रमहरु हुनेछन् ।
त्यस्तैगरी दोस्रो चरणको खेल माघ ७ देखि १० गतेसम्म कक्षा ७ देखि १२ कक्षाका विद्यार्थीहरु खेलमा सहभागी हुनेछन् । टग बार, भलिबल , कबड्डी, खोखो, सर्टपुट, २ सय, ४ सय मिटरको रेस, रिले रेस, ज्याब्लीङ थ्रो, हाइजम्प, लङजम्प, चेस र ब्याडमिन्टनलगायतका खेलहरु हुने इसीए कोर्डिनेटर हरिप्रसाद भट्टराईले बताए ।
खेल सप्ताहका विजेता विद्यार्थीहरुलाई माघ ११ गते पुरस्कार वितरण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम ढकालले बताए । माघ १२ गते बिद्यालयको २१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम गरी समापन गरिनेछ विद्यालयका सहप्राचार्य हिमलाल न्यौपानेले जानकारी दिए ।