ज्ञानपुञ्जको खेल सप्ताहमा विभिन्न प्रतियोगिता

प्रकाशित मिति:

सबलपोस्ट- बुटवल । बुटवल ११ नहरपुरस्थित ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कूलले विद्यालयको १९औं वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा शुरू गरेको खेल सप्ताहको दोश्रो दिन विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत माघ ३ देखि १० गते सम्म दुई चारणमा सम्पन्न हुने खेल सप्ताहको दोस्रो दिन पनि हट पोटाटो , कुर्सी दौड,बोतल गेम , निडल रेस, अनलक्की सेभेन लगाएतका खेलहरु सम्पन्न भएका छन् । पहिलो दिन टग अफ वार खेलमा कक्षा १ र २ केटा तर्फ येल्लो हाउस ,रेड हाउस प्रथम, द्वितीय, ब्लु हाउस तृतीय भएका छन् । तेसैगरी केटी तर्फ यल्लो हाउस प्रथम , रेड हाउस द्वितीय, ब्लु हाउस तृतीय भएका छन् । तेसैगरी कक्षा ३ र ४ केटा तर्फ एल्लो हाउस प्रथम, ब्लु हाउस द्वितीय, ग्रीन हाउस तृतीय भएका छन् । तेसैगरी केटी तर्फ ग्रे हाउस प्रथम, एल्लो हाउस द्वितीय, ब्लु हाउस तृतीय भएका छन् । तेसैगरी कक्षा ५ र ६ केटा तर्फ ब्लु हाउस प्रथम, रेड हाउस द्वितीय, ग्रीन हाउस तृतीय भएका छन् । तेसैगरी केटी तर्फ एल्लो हाउस प्रथम, ग्रीन हाउस द्वितीय, रेड हाउस तृतीय भएका छन् । तेसैगरी १ र २ लेबलको बेलुन दौडतर्फ कक्षा २का सौरभ बि.क, नारायण क.सी, आयुष्मा थापा क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । तेसैगरी ५ र ६ लेबल तर्फ कक्षा ६का समीर परियार, दिवान गुरुङ र कक्षा ५ का निरज रेश्मी क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् । कार्यक्रम माघ १० गते सम्म चरणबद्धरुपमा संचालन भइरहने इसिए कोर्डिनेटर हरि भट्टराईले जानकारी दिए । खेल सप्ताहका विजेतालाई माघ ११ गते पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने प्राचार्य तोयराम पौडेलले बताए ।