सुर्खेतबाट हराएका तीन बालिका बुुटवलमा भेटिए

प्रकाशित मिति:

पुस १५बुटवल– विद्यालय जान्छौँ भनेर बेपत्ता भएका सुर्खेत जिल्ला सिम्ता गाउँपालिकाका तीनजना बालिका बुटवलमा भेटिएका छन् ।गएकाे पुस १० गते सिम्ता गाउँपालिका ९ खानिखोलाकी १४ वर्षीया निशा सिंह ठकुरी , त्यही ठाउँका दुई बहिनी १५ वर्षीया यमुना खत्री, र उनकी १२ वर्षकी बहिनी रिसिमा खत्री स्कुल जान्छौँ भनेर बेपत्ता भएका थिए ।उनीहरुलाई आइतबार बिहान बुटवल पासपार्क आसपासमा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख निरज चौलागाईले बुटवल प्रहरीको सहयोगमा उनीहरुलाई फेला पारिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एकजना मानिससँगै उनीहरु बुटवल बसपार्कमा भेटिएका हुन् । प्रहरीले ती मानिस नाम खुलाएको छैन । बुटवल फूपूको घर जाने भन्दै कोहलपुरसम्म उनीहरु गएको र त्यहाँबाट बुटवल जाने गाडी खोजेको अनुसन्धानमा पत्ता लागेपछि प्रहरीले बुटवल बसपार्कमा उनीहरुलाई फेला पारेको हो ।उनीहरुलाई आइतबार नै सुर्खेत ल्याउन लागिएको प्रहरी प्रमुख चौलागाईंले जानकारी दिनुभयो ।