प्रकाश न्यौपाने
माघ ०६ गते
नवलपरासी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संघीयताको सार नै प्रदेश सरचना रहेको बताउनु भयो । संघीय सरकार र स्थानीय सरकार यो वा त्यो नाममा सरचना रहेको बताउदै उहाले प्रदेश सरचना नयाँ रहेको घर्तीले ऎन कानुन निर्माण गर्दा प्रदेश र स्थानिय तह बिच समन्वय आवस्यक रहेको बताउनु भएको छ । कानुन निर्माणमा समन्वयका अभावमा ऎन बाझिने र कार्यान्वयनमा समेत कठिनाई हुने हुदा आपसी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेश सचिवालयको आयोजनामा आज पश्चिम् नवलपरासीका स्थानिय तहसगको अन्तरक्रिया कार्यक्रम पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभामुख घर्तीले स्थानिय तह र प्रदेश सरकार नेपालका लागि नया अभ्यास भएकाले संघीयताको मुल जग नै प्रदेश सरकार भएको धारणा ब्यक्त गर्नु भयो ।
थुप्रै ऎन र नियमावली निर्माणको चरणमा रहेकाले बिकेन्द्रीकरणको नीति अनुरुप संघिय सरचना अघि बढाईनु पर्ने बताउनु भयो । प्रदेश सरकारले अहिले प्रहरी ऎन सगै ७६ वटा ऎन बनाएर कार्यान्वयनमा रहेको उहाँले उल्लेख गर्नु भयो ।”कति पय स्थानिय तह र प्रदेशले बनाएको ऎन बाझिएको छ यो नहोस भन्नका लागि नै सबै स्थानिय तह सग अन्तरक्रिया गरिएको हो”घर्तीले भन्नू भयो ।
आवश्यकता आधारमा भन्दा पहुच र प्रवाभका अधारमा बजेट निर्माण गर्नु लोकतन्तको उदेश्य बिपरित रहेको उल्लेख गर्नु भयो ।प्रदेश सरकारलाई संघ सरकारले अधिकार सम्पन्न बनाउन प्रयत्न गर्नु पर्ने सभामुख घर्तीको धारणा रहेको थियो ।
लुम्बिनी प्रदेशले अबको केहि समयमा नै लुम्बिनी प्रदेशमा प्रहरी ऎन र निजामती ऎन अब छिट्टै आउने जानकारी दिदै उहाले स्थानीय तह निजामती ऎन अवको हिउदे अधिबेशनको पहिलो बैठकमा पेस गर्ने गरि प्रदेशको तयारी रहेको बताउनु भयो । कानुन मन्त्रालयले तयार पारेको बताउदै उहाले अबको केहि दिनमा नै निजामती ऎन पास गरिने बताउनु भयो । स्थानीय निजामती ऎन पास भएपछी स्थानीय तह थप बलियो हुने घर्तीको भनाइ छ ।
सबिधानले जिल्ला चिन्दैन तर यहाँ प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई आदेस दिनु पर्ने अवस्था रहेको बताउदै उहालेले प्रमुख जिल्ला अधिकारीलाई प्रहरीलाई चलाउन दिने कुरा संविधान बिपरित रहेको छ ।