स्वमुल्यांकनमा प्रतापपुर प्रथम सुस्ता अन्तिम स्थानमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
माघ ०७ गते
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (Lisa)को नतिजामा प्रथम स्थानमा हासिल गरेको छ । प्रतापपुर गाउपालिका १ सयमा ९० दसमलब २५ अकं प्राप्त गर्दै प्रथम हुँदा सुस्ता गाउँपालिकाले ५६ दसमलब २५ ल्याएर जिल्लाको अन्तिम स्थानमा रहेको छ ।


स्वमुल्याङ्कनमा जिल्ला प्रथम भएपछि प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले सबैको सार्थक प्रयासले प्रथम स्थान हासिल भएको बताउनु भयो । उहा भन्नुहुन्छ – “हामी सबैको सार्थक प्रयास प्रतापपुरको समग्र बिकास “भन्ने हाम्रो मुलनाराले सार्थकता पाउदै गरेको छ ।”


जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तह रहेको छ भने ७ वटा स्थानीय तह मध्ये सुस्ता लिजाको नतिजा अनुसार ७ औं स्थानमा आएको हो ।
लिजाबाट प्राप्त भएको जिल्ला भरिको स्थानीय तहको नतिजा हेर्दा जिल्लामै पहिलो स्थानमा प्रतापपुर गाउँपालिका रहेको छ ।


दोस्रो स्थानमा रहेको सुनवल नगरपालिकाले ८६ अकं, तेस्रो स्थानमा रहेको बर्दघाट नगरपालिका ७५ दसमलब ७५ अकं, चौथो स्थानमा रहेको सरावल गाउँपालिकाले ७२ अकं, पाचौं स्थानमा रहेकोे रामग्राम नगरपालिकाले ६८ अकं र छैठो स्थानमा रहेको पाल्हिनन्दन गाउँपालिकाले ५७ दसमलब ७५ अकं प्राप्त गरेको छ ।


जिल्लामा पिछडिएको स्थानीय तहका रुपमा लिइने सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन (Lisa) को नतिजामा पनि जिल्ला भरीको स्थानीयतह भन्दा पछि परेको छ ।


सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(Lisa)को १० वटा सुचकलाई हेर्दा कमजोर सुचकमा सहकार्य र समन्वय देखिएको छ । त्यस्तै भौतिक पुर्वधारमा पनि कमजोर देखिएको छ ।


यसरी स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन(Lisa)को सुचकहरुमा अकंहरु कम आएमा पालिकाले संघीयबाट आउने अनुदान तथा बजेटमा केहि कटौती हुने गर्दछ र लिजाको आधारलाई नै पालिका कुन स्तरमा छ र कसरी संचालन भइरहेकोे छ भनेर मुल्यांकन गरिन्छ ।