हामिले हाम्रा बुद्ध बिस्वमा फैलिउन भन्ने चहान्छौ भने समाजबादी क्रान्ति दुनियाँभर फैलियोस भनेर रुसि नेता मात्रै होइन मार्क्स र एङ्गेल्सले पनि चहान्थे अथवा जहाँ असान्ती छ अराजकता छ , त्यहाँ शान्ति र समृद्धि आओस भनेर कस्ले नचाहाला र ?
नेपालीमा एउटा भनाइ चर्चित छ “नेपाली नेताहरू बिदेशमा पानी पर्दा यहाँ छाता ओढ्ने गर्छन “। अर्को पनि बलियो भनाइ छ दुनियाँमा असफल भैसकेको सिद्धान्त नेपालमा टिकाउने प्रयास भन्दा नेपाली माटोमै सफल सिद्धान्तको खोजी ।
मैले यो पाना भर्दाभर्दै हाम्रोघरमा ०४१ /०४२ को सेरोफेरोमा सेल्टरको रूपमा बसेका कम्युनिस्ट नेता रुद्रमणी पौडेलको सम्झना आउदैछ , जब तिन्ले ३,४ वटा वारेन्ट खपेर लुकि लुकि देस परिवर्तनको लागि लागे आफुले असङ्ख्य दुख पाए , ०४६ मा देशमा राजनीतिक परिवर्तन भयो उनी रहेनन तर उन्को आत्माले भन्दो हो म रहु या नरहु मेरा योगदानले मेरा सन्ततिलाई बल पुर्याउनेछ तर दुर्भाग्य भनौ या परिस्थितिको आवश्यकता परिणाम त्यसपछि पनि देस आन्दोलन र जनयुद्धमा भासियो २४० बर्ष भन्दा पुरानो राजसस्थाले घुडा मात्रै टेक्ने होइन बिस्थापित हुन पुग्यो ।
आज लेनिनको सम्झना गर्दा तिनै रुद्रमणी पौडेलको याद आउँछ जस्को एउटा किताब ” रुसको सन्छिप्त इतिहास ” को कारण परिवर्तनको प्यास जगाउने कारण बन्यो , पौडेल काका भन्नुहुन्थ्यो यस्ता तिजका गित होइन जाग जाग तन्नेरी हो झुल्की सक्यो लाल बिहानी , काकाले गितै लेखेर दिनुहुन्थियो , हामीले गायौ तर प्रशासनको कानमा पुगेन , प्रशासनको आँखा र कान निक्कै सजग हुन्थ्यो त्यतिबेला कोहि त तिजमा परिवर्तनकारी गित गाएकै कारण थाना पुग्ने , धेरै त्यस्ता परिवर्तनकारी नेता गुमनाम पारिए कोहि जेलमै सडाएर सिध्याइए तर बाहिर भएकाहरुले लुकि लुकि परिवर्तनको अपरिहार्यताको प्रमाण दिदै गए र जनताको जागरण तह उकासिदै आयो , नेताको त्याग , निष्ठा र जनता नै भगवान मान्ने त्यो बेलाले भित्र भित्रै भुसको आगो सरह प्रभाव बिस्तार गर्दै गयो आन्दोलन भए तर तिनि आन्दोलनको प्राप्तिले सन्तुष्ट गर्न सकेन र गणतन्त्रको प्राप्तिलाई मुख्य लक्ष्य बनाएर माओवादीले जनयुद्ध गर्यो लगभग १ दसक बित्यो , कैयौं बलिदान भए कैयौं अङ्गभंग , कैयौं बेपत्ता भए राजा अन्तिम भए राजा बिस्थापित हुन पुगे , देसको बिकास अभिजात्य बर्गको प्रतिनिधि राजाकै कमजोरी र लापरबाहीले हुन नसकेको ठहर थियो , अहिले राजा बिदाइ भएको पनि लगभग एक दसक हुन थाल्यो होला तर देसले काचुली फेर्न र जनतालाइ परिवर्तनको तात्विक अनुभुती दिन सकेको छैन ।
युवा पलायन उत्तिकै छ , कोहि रोजगारीमा कोहि अध्यनका खातिर , देस झन खोक्रो हुँदै गएको छ । देसले राजनेता खोजिरहेको छ , महाभारतमा लेखिए जस्तै जब दुनियाँमा छलकपट , भ्रस्टाचार , ब्यभिचार बढ्दै जान्छ तब संतुलनको लागि श्रीकृष्णको जन्म हुन्छ र ब्यभिचारिलाइ दण्ड दिन्छन र सोजा साझा भक्तको उद्धार गर्नेछन , कहिले आउँछ त्यस्तो दिन नेपालमा ? के नेपाल आमाको गर्भमा त्यस्तो लायक नायक छैन ?
हो हामिले भताभुङ्ग नेपाल देख्दा आजित हुने गर्छौ तर यस्तो एकैपटक भएको छैन धेरै समयको असफलता र खालिपनको अभाव हो , नेताहरुले त्यहाँ सम्म सबल नेतृत्व गरे , योगदान दिए तर राम्रा नेता जस्तै अरु राम्राले नेतृत्व पाएनन वा अगाडि आउन सकेनन् र तिनै भ्रष्ट र शक्तिशाली पटकपटक जनताको कर र देसको राजस्व लुटमा बिजेता बन्दै आए ।
छिमेकी देश चीन र भारत हेर्दा बिस्वमै अग्रपंक्तिमा आउछन तर बहादुरको देस दिनानुदिन गल्दै छ , राम्रा मिल्दा उदाहरण जहाको पनि लिदा हुन्छ त्यस्ले फरक पार्दैन तर ति ज्ञानको प्रभाव बारे भने जानकार हुनैपर्छ , यो सन्सारका भौतिक बिकास कुनै एउटाको कारण सम्भव भएको होइन यस्मा हजारौं लाखौको बर्शौको त्याग मिहिनेत र बलिदानले बनेको छ । अहिले पुराना नेताहरुका पोस्टर देख्दा पनि युवाहरूलाई एलर्जी हुन्छ किन ? के तिनीहरुको योगदान छैन ? के सबैले चप्पल पडकाएरै पजेरो चढे महल बनाए ? सायद अहिले पनि हेरियो भने माओवादी नेता बैध बा जस्ता सोझा र स्वच्छछवि भएका धेरै छन तर तिनीहरुलाई चौथो आखाले दृस्ठि लगाउने भ्याउदैन वा फुर्सद छैन , यहाँ कर्मचारी र नेता मात्रै बिग्रेका छैनन , हरेक पेशाकर्मी बिग्रीएका छन , मिसावट ब्याप्त छ , तस्करी , कालोबजारी, भन्सार लूट , वकिल , प्रहरी , न्यायाधीश , इन्जिनियर , डाक्टर , ठेकेदार देखि पियन सम्म भ्रस्टाचार र अनियमितता हाबी छ , भ्रस्टाचार गर्न सक्ने र लाइन मिलाउन सक्ने मन्त्री र सचिवको खोजी हुन्छ यहाँ ।
पृथ्वीनारायण शाहको सालिकमा थुक्दा ब्यक्तिगत धारणा व्यक्त गरेको कुरा मान्ने , झन्डा जलाउदा मुक्दर्शक हुने प्रहरी अचम्म छ , सयौ फुलका थुगाको देसको राष्ट्रिय गितको मर्म नबुझ्ने परिवर्तनकारी राजनीतिक नेताको कमजोर र निरिहता देख्दा हिजो को सेना हातमा नभएको पुर्बराजाको सम्झना आउँछ , धेरै भनेर नलागेपछी अन्तिममा भन्ने एउटा कथन छ , सतिले सरापेको देशमा राम्रो गर्नेको भलाइ हुदैन , पशुपतिनाथकै कृपाले हामी बाचिरहेका छौ ।
नेपालले बिगतमा बहादुर शासक पनि पायो , एकसे एक देसप्रेमी बहादुर सेनापती पनि पायो , देसको लागि लड्ने मरिमेट्ने नेपाली पनि पायो ,तमाम ऋषि मुनि र प्रकृति र श्रोतले भरिपूर्ण भुमी पनि पायो तर ती सङ्गै कमजोर , लाचार र मुडि राजाहरु पनि पायो तिनै केही बिग्रेका भाइरसका कारण रोगले अर्को रुप लियो । भिमसेन थापा , अमरसिह थापा , भक्ती थापा , बलभ्रद्र कुवर देखि जङ्ग बहादुर , राम्रो काम गर्दा धनकुटा लखेटिने राणा प्रधानमन्त्री, जुद्ध सम्सेर देखि चन्द्र सम्सेर सम्मले केही सुधार सङसङै आफ्नो शक्ति बलियो पारे तर जङ्ग बहादुरलाइ जङ्गे पिलर र नयाँ मुलुक नेपालमा गाभ्न सफल काम र अङ्ग्रेजलाइ संतुलनमा राखेर काम गर्न सक्ने शासक मानिन्छ ।
नेपाललाई लिच्छविकाल र मल्लकालको कला कौसलको बिरासत सम्पदाको रूपमा प्राप्त छ जस्को आकर्षण र कथाले बिस्वका पर्यटकको पर्या पर्यटनको लागि बिदेशी मुद्रा आर्जन गर्ने बलियो आम्दानी बनेको छ ,