लिजामा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा

प्रकाशित मिति:

सुस्ता , माघ-पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंनको नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ ।जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकनको नतिजामा पनि जिल्ला भरीको स्थानीयतह भन्दा पिछडिएको छ ।

सुस्ता गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन को १० वटा सुचक अनुसार सुस्ता गाउँपालिकालाई हेर्ने हो भने १।शासकीय प्रबन्धी सुचकको ९ पुर्णान्कमा ७।५ अन्क प्राप्त २।संगठन तथा प्रशासन सुचकको ८ पुर्णान्कमा ५।५ अन्क प्राप्त ३।बार्षिक बजेट तथा योजना व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ७।५ अन्क प्राप्त,४।बितिय तथा आर्थिक व्यवस्थापन सुचकको ११ पुर्णान्कमा ७।७५ अन्क प्राप्त,५।सेवाप्रवाह सुचकको १६ पुर्णान्कमा ९ अन्क प्राप्त,६।न्यायिक कार्यसम्पादन सुचकको ७ पुर्णान्कमा ५ अन्क प्राप्त,७।भौतिक पुर्वधार सुचकको १३ पुर्णान्कमा ४।५ अन्क प्राप्त,८।समाजिक समावेशीकरण सुचकको १० पुर्णान्कमा ४।७५ अन्क प्राप्त,९।वातावरण संरक्षण तथा बिपद व्यवस्थापन सुचकको ९ पुर्णान्कमा ४ अन्क प्राप्त र १०।सहकार्य र समन्वय सुचकको ६ पुर्णान्कमा १ अन्क गरि पालिकाले १०० को पुर्णान्कमा ५६।५ अन्क मात्र प्राप्त गरेको छ ।

सुस्ता गाउँपालिकाको सुचकहरु मध्ये सबैभन्दा कमजोर भनेको सहकार्य र समन्वयमा देखिन्छ सुचक अनुसार पालिका आफ्नो पाराले मात्र चलेको जस्तो अनुमान गरिन्छ किन भने सहकार्य र समन्वयमा पालिकाले जम्मा १ अन्क प्राप्त गरेको छ । त्यस्तै भौतिक पुर्वधारमा पनि कमजोर देखिएको छ ।यसरी स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको सुचकहरुमा अन्कहरु कम आयो भने पालिकालाई संघीयबाट आउने अनुदान तथा बजेटमा केहि कटौती हुने गर्दछ र लिजाको आधारलाई नै पालिका कुन स्तरमा छ र कसरी संचालन भइरहेकोे छ भनेर मुल्यांकन गरिन्छ ।जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तह रहेको छ भने ७ वटा स्थानीय तह मध्ये सुस्ता लिजाको नतिजा अनुसार ७औं स्थानमा आएको हो ।

लिजाबाट प्राप्त भएको जिल्ला भरिको स्थानीय तहको नतिजा हेर्ने हो भने जिल्लामै पहिलो स्थानमा सुस्ताको छिमेकी पालिका प्रतापपुर गाउँपालिका रहेको छ । प्रतापपुरले १०० पुर्णान्कमा ९०।२५ अन्क प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको सुनवल नगरपालिकाले ८६ अन्क,तेस्रो स्थानमा रहेको बर्दघाट नगरपालिका ७५।७५ अन्क,चौथो स्थानमा रहेको सरावल गाउँपालिकाले ७२ अन्क,पाचौं स्थानमा रहेकोे रामग्राम नगरपालिकाले ६८ अन्क र छैठो स्थानमा रहेको पाल्हिनन्दन गाउँपालिकाले ५७।७५ अन्क प्राप्त गरेको छ ।यद्यपि सुस्ता गाउँपालिकाको गत बर्षको लिजाको नतिजा ४४ अन्क थियो भने अहिले ५६।५ अन्क हेर्दा केही प्रगति गरेको देखिन्छ ।