आज आम जनता पार्टीको भ्रस्टाचार विरुद्धको मधेस बन्द

प्रकाशित मिति:

भन्सारमा कमिसन र पुरस्कार गरि ४५ प्रतिशत केही मुट्ठीभरका सुराकिको नाममा छुट्टाएर मुलुकको राजस्व मार्ने गरि बनाइएको नियमावलीको खारेजी , लघुबित्त सहकारी पीडितका माग सम्बोधन , उखु किसानका समस्या स्थायी रूपमा समाधान गर्न आम जनता पार्टीको भातृ संगठन आइटी आर्मिले आज माघ ११ गते मधेश बन्दको आवहान गरेको छ ।

हिजो साझ एतिहासिक जानकि मन्दिरको बृहद सरसफाइ पछि राके जुलुस पनि प्रदर्सन गरेको छ । हिमाल पहाड तराई समेटेर राष्ट्रिय पार्टी बनाउने योजनामा रहेको आजपाको अध्यक्ष प्रभु शाहले मधेसीको नाममा विभिन्न पार्टी खोलेर पटकपटक सत्तामा गएका नेताहरुले आफ्नो परिवार र नातागोताकै स्वार्थमा केन्द्रित रहेको , मधेसी पहाडी बिचको एकता खल्बल्याएर मधेसलाई उजाड बनाएको बताउदै लोकतन्त्रको नाममा दलिय भागबन्डामै अल्झिएको बताउदै उन्नत लोकतन्त्र नै अबको नयाँ र समृद्ध नेपालको लक्ष्य भएको बताउनुभयो।