बर्दघाटमा स्टडी वल्ड संचालन

प्रकाशित मिति:

माघ ११ गते
नवलपरासी । बर्दघाट ०४ मा स्टडी वल्ड एजुकेसन कन्सलटेन्सी आज(बिहिवार) संचालनमा आएको छ ।


कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई लक्षीत गरि उच्च शिक्षाका लागि बिदेशमा जान चाहाने विद्यार्थीलाई सहि सूचना र कानुनी परामर्श दिनका लागी शाखा सञ्चालन गर्ने लागिएको स्टडी वल्ड एजुकेसन कल्सल्टेन्सी बुटवलका सञ्चालक एवम शैक्षिक परामर्शदाता देव बहादुर कुवरले बताउनु भयो । नेपालीले बिदेश जाने चाहाने विद्यार्थीले सहि सुचना र कानुनी परामर्श पाउनु विद्यार्थीहरुको अधिकार रहेको बताउदै विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागी सहजीकरण गर्ने कन्सलटेन्सी सञ्चालन गरेको बताउनु भयो ।


आज भन्दा १६ बर्ष पहिले बुटवलबाट संचालन गरिएको स्टडि वल्ड एजुकेसन कन्सल्टेन्सि विद्यार्थीहरुको सहजताका लागी  क्षेत्रगत रुपमा बुटवल मिलन चोक, तिलोत्तमा हुदै चौथो शाखाको रुपमा बर्दघाटमा शाखा खोलिएको कुवरले बताउनु भयो । उहाँ भन्नुहुन्छ -” अहिले सम्म हामीले ३ हजार लाई विद्यार्थीलाई उच्च शिक्षाका लागी  बिदेश पठाएका छौं । ९  हजार विद्यार्थीलाई आयल्स र पिटिइ गराएको छौं ।”


बर्दघाट नगरपालिका वडा ०४ का वडा अध्यक्ष वेदबिना तिवारीले बिदेश पठाउने मात्रै नभइ बिदेश गएर उच्च शिक्षा हासिल गरेका विद्यार्थी र उच्च शिला हासिल गरेका विद्यार्थीलाई नेपाल फर्किने गरि परामर्श दिन आग्रह गर्नु भयो । युवा नभएको देश राम्रो नहुने बताउदै उहाले देश बिदेशबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई देशमा बस्न र काम गर्न माहोल मिलाउनु पर्नेमा जोड दिनु भयो ।



कार्यक्रममा बर्दघाट उधोग बाणिज्य संघका कार्यबाहक अध्यक्ष तारा प्रसाद गौतमले राम्रो अध्ययनका लागी बिदेश जानु राम्रो भएको बताउनु भयो । उहाले उच्च शिक्षाका लागी बिदेश पठाउदा   बिदेशबाट देशमा नफर्किने गरी सल्लाह र परामर्श दिन आग्रह गर्दछु ।


जापान, युके, क्यानेडा, अस्ट्रेलिया, बङ्गलादेशलगायतका देशमा उच्च शिक्षामा जानका लागी परामर्श दिइने कार्यक्रमका अध्यक्ष बर्दघाटका सञ्चालक सुबोध जागृत बुढाथोकीले जानकारी दिनु भयो ।


बर्दघाट शाखाका अपरेसन म्यानेजर सुदिप आचार्य स्वागत र
सञ्चार कर्मी सुमन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।