अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले १३७ रनले जित हात पार्यो

१५ पुष २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
25 Shares


अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी भएको छ । मेलवर्नमा आइतबार पाँचौ दिनको खेलमा अष्ट्रेलियाका बाँकी २ विकेट लिएपछि भारत विजयी भएको हो ।पहिलो इनिङमा ४३७ रन बनाएको भारतले अष्ट्रेलियालाई १५१ रनमा रोकेको थियो । पहिलो इनिङमा २९२ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङमा १०६ रन बनाउँदै अष्ट्रेलियालाई ३९९ रनको चुनौती दिएको थियो । जवाफमा अष्ट्रेलियालाई दोस्रो इनिङमा भारतले २६१ रनमा समेट्न सफल भयो ।अष्ट्रेलियाविरुद्ध भारतका रविन्द्र जेडेजा र जसप्रित बुम्रराहले तीन–तीन विकेट लिँदा इशान्त शर्मा र मोहम्मद सामीले दुई दुई विकेट लिए । अष्ट्रेलियाका पेट क्यूमिन ६३ रनमा आउट भएसँगै अष्ट्रेलियाको भत्किएको थियो । यसैगरी सौन मार्साले ४४ तथा ट्रेभिस हेडले ३४ रन जोडेका थिए ।

तेस्रो टेस्ट जितेसँगै भारतले सिरिजमा २–१ को अग्रता लिएको छ । अब चौथो टेस्ट जनवरी ३ तारिखदेखि सिड्नीमा सुरु हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया