शिक्षकलाई जिम्मेवार बन्न निर्देशन

प्रकाशित मिति:

म्याग्दी १५ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शिक्षकलाई आफ्नो दायित्वप्रति जिम्मेवार हुन निर्देशन दिनुभएको छ । जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योती माविको ७१आँै वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको समारोहमा अध्यक्ष तिमिल्सीनाले शिक्षकलाई जागिरे मानसिकता त्यागेर आफ्नो दायित्वप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो । “अतिरिक्त समय दिएर पनि कमजोर विद्यार्थीको सिकाइमा सुधार ल्याउन शिक्षकले पहल गर्नुपर्छ,” उहाँले भन्नुभयो । स्वअध्ययन र सूचना प्रविधिको प्रयोग गरेर अध्यापन गराउनुपर्नेमा अध्यक्ष तिमिल्सनाले जोड दिनुभयो ।
(रासस)