बर्दघाटमा मासु प्रशोधन केन्द्र बनाउन अन्तरक्रिया

प्रकाशित मिति:

प्रकाश न्यौपाने
माघ १८ गते ।
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मासु प्रसोधन केन्द्र बनाउने ब्यवसायीहरुसङ्ग अन्तरकृया गरेको छ । लुम्बिनी प्रदेश सरकारको ३० लाख र ५० प्रतिशत लागत साझेदारी गरी ब्यवसायीको ३० लाख गरि ६० लाखको लागतमा केन्द्रको बर्दघाटमा स्थापना गरीने बर्दघाट नगरपालिका पशुपंछि शाखा प्रमुख भरत लम्सालले जानकारी दिनु भयो ।


अन्तरकृया कार्यक्रममा निर्भाहमुखि कृषि पेशा गर्ने तर किसानहरू ब्यबसायिक नभएकै कारण ब्यवसायिहरु बाध्यताले भारतीय किसानले उत्पादन गरेको कुखुरा तथा खशी बोका ल्याउनु परेको मासु ब्यवसायिहरुले गुनासो गरेका छन । नेपालका किसानहरुले उत्पादन गरेर सधैभरी ब्यवसायिहरुलाई नपुगेको बताएका छन । कार्यक्रममा न्यु एग्रो दाउन्ने मिट सप्लायर्स जिमिरेभारका सञ्चालक प्रविन श्रेष्ठले आफुले सरकारले तोकेको मापदण्ड अनुसारको मासु प्रशोधन केन्द्र स्थापना गरेको भएपनि बिभिन्न भारतीय बजारसङ्गको खुल्ला प्रतिस्पर्धाका कारण नेपाली ब्यवसायीलाई कठिन भएको बताउनुभयो ।” नेपाली बजार उत्पादन नियमित नहुने, भए पनि  भारतीय बजारसङ्ग प्रतिस्पर्धा गर्ने नसक्ने लगायत कारणले नेपाली ब्यवसायीले भारतीय मासु किन्नु पर्ने बध्याता रहेको छ ।” श्रेष्ठले भन्नुहुन्छ भयो ।


बर्दघाट उघोग वाणीज्यका कार्यबहाक अध्यक्ष तारा प्रसाद गौतमले बर्दघाट नगरपालिका भित्र मासु प्रसोधन केन्द्रको स्थापना गर्ने खोज्नु आफैमा राम्रो काम भएकोले बर्दघाट ब्यवसायीले हर तवरले साथ र सहयोग गर्ने बताउनु भयो । ” मासु केन्द्रको उपयुक्त ब्यवस्थापन गर्ने सके बर्दघाटका मासु उपभोक्ताले राम्रो मासु पाउने र स्थानीय उत्पादनले सहज रुपमा बजार पाउने छ ।” गौतमले भन्नुभयो ।


बर्दघाट नगरपालिका पशु चिकित्सक देवेन्द्र घिमिरेले मासु प्रशोधन केन्द्र स्थापना गर्दा स्वास्थ्यको दृष्टिकोणबाट उपयुक्त हुने मासु पाउने बताउनु भयो । उहाँ भनुहुन्छ -” केन्द्रको स्थापना हुदा मासुका लागि बध गर्ने पशुपन्छीको स्वास्थ्य परिक्षण र बध गरीएको मासुको स्टोरेजको प्रक्रिया अनुसार केन्द्र बन्ने हुदा मानव स्वास्थ्यको हिसाबले अति आवश्यक रहेको छ ।”


अन्तरक्रिया कार्यक्रममा पशु प्राविधिक रामप्रसाद पौडेल, पशुपालक पदम सुनार, बर्दघाट प्रेस कल्बका अध्यक्ष कुस्माकर ढकाल लगायतले बोल्दै बर्दघाटमा केन्द्र स्थापना हुनु राम्रो रहेको र यसको ब्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनु भयो ।


सहभागीहरुका जिज्ञासा मेटाउदै बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रकाश उपाध्ययाले नगरले उपभोक्ता स्वस्थ्यकर मासु प्रदान गर्ने उद्देश्यका साथ मासु केन्द्र स्थापना गर्ने लागिएको बताउनु भयो । “अबैध कारोवार रोक ब्यवसायीहरुले प्रतिद्धता जाहेर गर्ने र स्थानीय किसानले मासु जन्य पसुको उत्पादनमा ध्यान दिनु पर्ने आवश्यकता औल्याउनु भयो ।


अन्तरक्रिया कार्यक्रममा कृषि तथा  बहुउद्देश्यीय सहकारी सस्था, मासु व्यवसायी, बर्दघाट बजार व्यवस्थापन समिति, उद्योग बाणिज्य संघलगायतको सहभागीतामा कार्यक्रम भएको थियो ।  सहभागिता रहेको थियो ।