निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

प्रकाशित मिति:

कञ्चनपुर, १५ पुस । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताउनुभएको छ । महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको बताउनुभयो । शङ्काको घेरामा आएका सानाठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा महिला अधिकारकर्मीसँग आज छलफल गर्दै खनालले दोषी उम्कन नपाउने बताउनुभयो ।
यस घटनालाई निकै गम्भीररुपमा लिएको चर्चा गर्दै उहाँले निकै गहनरुपमा अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीको उच्चस्तरीय छानविन समितिले दोषी देखाइएका प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो । प्रतिवेदन अध्ययनपछि केहीलाई विभागीय कारवाही भएको छ उहाँले भन्नुभयो, “केहीलाई कारवाही प्रक्रिया अगाडि बढाउने कार्य अघि बढेका छन् ।”
(रासस)