सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

प्रकाशित मिति:

भैरहवामा यसै बर्ष पाँच तारे होटल सिद्धार्थ भिलाषाु, विभिन्न स्तरिय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६ वर्षमा प्रवेश गरेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस ग्रुपले आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरि करिब ३ दर्जन आउटलेट सन्चालन गर्दै आएको छ । २६ बर्ष अगाडि टिकापुरबाट सुरु भएको यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी दिँदै आएको छ । मंगलबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्ड समेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत सिईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनैतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धीमुलक रहेको बताए । उनले भने,‘यो गुणस्तर युक्त आर्थिक रुपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो ।’सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक हप्ता सम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।

गत वर्षको उपलब्धी- पछिल्लो वर्ष सिद्धार्थ हस्पिटालिटीको भैरहवामा पाँच तारे होटल र चितवनको सौराहमा लग्जरी रिसोर्ट सञ्चालनमा आएको छ । गत वर्ष नै नेपालगञ्ज स्थित होटलले पर्यटन क्षेत्रको प्रतिष्ठित साटा अवार्ड पाएको छ भने पृथ्वी राजमार्गको सिद्धार्थ रिभरसाइड रिसोर्ट र सुर्खेत स्थित सिद्धार्थ रिसोर्टले नेपाल सरकारबाट खाद्य गुणस्तरमा ञअतिउत्तमझ वर्गीकरण प्राप्त गर्न सफल भएका छन् । गत बर्ष नै सुर्खेतको रिसोर्टले ३७ कोठा, वेलनेस सेन्टर स्विमिङ पुल, हेल्थ क्लब, स्पा र रेस्टुरेन्ट थप गरि चार तारे स्तरमा स्तरउन्नति गरेको छ ।

सामाजिक उत्तरदायित्वमा सिद्धार्थ-हस्पिटालिटीले सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफा रहित संस्था ‘साकार’ मार्फत सप्ताहब्यापी विभिन्न सामाजिक कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा बिभिन्न आउटलेटहरू मार्फत रक्तदान, सरसफाइ, अनाथलयहरूमा खाना वितरण तथा विद्यार्थीहरुलाई शिक्षण सामाग्री लगायत आवश्यक सामाग्री वितरण गर्ने कार्यक्रम गरिएको न्यौपानेले जानकारी दिए । यस वर्ष साकारुमार्फत ग्रुपले क्यान्सर पिडित एवं मृगौला पिडितलाई आर्थिक सहयोग गरेको र रुकुम(जाजरकोटमा गएको भूकम्पका पिडितहरूलाई राहत स्वरुप ५ लाख रुपैयाँको सामाग्री सहयोग गरिएको न्यौपाने जानकारी दिए ।

हस्पिटालिटीसँगै अन्य व्यवसाय- यस ग्रुपले हस्पिटालिटीसँगै सिद्धार्थ ट्रेडिङ्ग कन्सर्न, सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी, सिद्धार्थ बायोटिका कृषि फर्म, सर्व टेक्नोलोजीज् लगायत कम्पनीमार्फत विभिन्न क्षेत्रमा व्यवसाय अगाडि बढाइरहेको छ ।

आगामी योजना-सिद्धार्थ ग्रुपले ुभिजन २०३०ु को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ ।त्यस्तै आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्ट र कपिलवस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टलाई चार तारे होटलमा स्तरउन्नति गर्ने योजना अनुरुप काम भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।