क्लोथ एन्ड फुड बैंक र बुटवल उपमहानगर बीच सम्झौता

प्रकाशित मिति:

रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका ,रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको हो ।क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनु भयो । उहाले मानव सेवाको लागि ‘पुरानो कपडालाइ : पुन प्रयोग’ भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास ब्यक्त गर्नु भयो । बुटवल नगरका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरु लाइ पुन प्रशोधन रि- साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको बुटवल बाट औपचारिक सुभारम्भ हुन लागेको बताउदै ।क्लोथ एण्ड फूड बैंक नेपालले सो अवसर प्रदान गरेकोमा खुसि समेत व्यक्त गर्नुभयो ।

उहाले यस परोपकारि कार्यमा जोडीन यस क्षेत्रमा रहेका सम्पूर्ण संघ सस्था साथै नगरबासी सबैलाई अनुरोध समेत गर्नुभयो। नेपालमै र रुपन्देहीमा जिल्लामा पनि पहिलो पटक सबैलाई पाएक पर्ने विभिन्न स्थानहरुमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भयका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निशुल्क लिन सकिने भएको छ । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशै भर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ ।अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको अभियानकर्ता कमल जि सी ले जानकारी दिनुभयो साथै देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको औपचारिक सुभारम्भ यहि फाल्गुन ०५ गते बिहान ८:३० बजे बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बिच रास्ट्रका महानायक राजेश हमालको विशेष उपस्थितिमा हुन लागेको समेत जिसिले जानकारी दिनुभयो ।