मौलिक धर्म संरक्षणमा लागौँ : गगन थापा

प्रकाशित मिति:

चितवन, १५ पुस । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले नेपालमा परापूर्वकालदेखि चली आएका धर्मको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनले आइतबार यहाँ आयोजना गरेको तमू ल्होछार कार्यक्रममा बोल्दै उहाँले नेपालमा चलाइएको धर्म परिवर्तनलाई रोक्नुपर्ने बताउनुभयो । नेता थापाले नेपालको पहिचान हिन्दू, बुद्ध, किराँती लगायतका मौलिक धर्म रहेको बताउँदै धर्म व्यक्तिको नीजि आस्थाको कुरा रहेकाले राज्यले सबै धर्मको रक्षा गर्नुपर्ने बताउनुभयो ।

आयोजक समितिका संयोजक गणेशबहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आदिवासी जनजाति महासङ्घ चितवनका सचिव महेन्द्र दुरा र परिषद् चितवनका उपाध्यक्ष विमला गुरुङले पनि बोल्नुभएको थियो । –रासस