ज्ञानगंगा पाठशालामा खेल सप्ताह शुरु

प्रकाशित मिति:

तिलोत्तमा, ८ माघ । तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा खेलकुद सप्ताह शुरु भएको छ । सप्ताहको विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले उद्घाटन गरे । सो अवसरमा प्रवन्ध निर्देशक युवराज न्यौपाने, प्राचार्य चन्द्र अधिकारी, शिक्षक कुलचन्द्र पुरी लगायतले मन्तव्य राख्दै विद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुद पनि महत्वपूर्ण पाटो भएकाले विद्यालयले हरेक वर्ष खेल सप्ताहलाई निरन्तरता दिएको बताए ।
खेल सप्ताह फागुन १ गतेसम्म चल्ने छ भने फागुन ३ गते किड्स फेसिटबल,४ गते कल्चरल फेस्टिबल,५ गते अन्तर मावि यु १६ ब्याडमिन्टन र ७ गते खाना महोत्सव,पुस्तक प्रदर्शनी सहित विद्यालयको १२ औं वार्षिकोत्सव समारोह मनाइने कार्यक्रम रहेको प्राचार्य चन्द्र अधिकारीले बताए ।